images
images

चौविसे घुम्न आउने पाहुनालाई अचार कोसेली

धनकुटा । चाैविसे गाउँपालिका घुम्न आउने पाहुनाहरु अचार कोसेली प्रदान गर्ने उद्देश्यले एकल महिलाहरुलाई अचार बनाउने तालिम प्रदान गरिएको छ ।

चाैविसे गाउँपालिकाकाे आयोजनामा तथा चाैविसे मिडिया एण्ड रिसर्च सेन्टर धनकुटाको सहजीकरणमा गतमाघ १७ देखि २१ गतसम्म २४ जना एकल महिलाहरुलाई अचार बनाउने पाँचदिनको तालिम प्रदान गरिएकाे हो ।

तालिमको प्रशिक्षक तथा उद्यमी विष्णुमाया कन्दङवाले सहभागिहरुलाई सुकुटी बनाउन सहित मूला, गाजर, काउली, बन्दालगायत तरकारीबाट अचार सीप प्रदान गरेकी थिइन् ।

समापन कार्यक्रमका प्रमुख अतिथि चाैविसे गाउँपालिका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पाहुनाहरुलाई कोसेली स्वरुप अचार प्रदान गर्न तालिमको आयोजना गरिएको बताए ।

पालिकाले चाडै राजारानी बजारमा कोसेली घर सञ्चालनमा  ल्याउन लागेको बताए ।  तालिमले यसले एकल महिलाको जीवनस्तर उकास्न महत्वपूर्ण सहयोग पुग्नेछ ।

पर्यटकीय नगरी धनकुटाको भेडेटारबाट पाँचथरसम्मको १०० किलोमिटर भेडेटार–रवि–राँके राजमार्ग कालोपत्र भइरहेको छ।

सडक पूरा भएपछि यस क्षेत्रमा आउने पर्यटक बढ्ने पालिकाको विश्वास छ। ती पर्यटकलाई लक्षित गरेर ‘कोसेली अचारको’ कार्यक्रम शुरू गर्न लागिएको अध्यक्ष लिम्बूले जानकारी दिए।

 

images
images
हुलाकी पत्र
images
SKIP THIS