images
images

पाँचौं सरस्वती कप फुटबल प्रतियोगिता: आयोजक राताे र याङ्लीखामको विजयी सुरुवात

धनकुटा । साँगुरीगढी गाउँपालिका-३ कुसेटारमा आजदेखि पाँचौं सरस्वती कप फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटनको दिन दुई खेल सम्पन्न भए ।

उद्घाटनको पहिलो खेलमा आयोजक रातोले विन्दिया फुटबल क्लबलाई ७-१ गोलअन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ। त्यस्तै दोस्रो खेलमा याङ्लीखाम फुटबल क्लबले सिवाइसी फुटबल क्लबलाई २-१ गोलअन्तरले पराजित गर्यो । सरस्वती मेलाको अवसर पारेर साँगुरीगढी गाउँपालिकाको सहयोगमा तथा ड्रिम ब्वाइज फुटबल क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता हरेक वर्ष संचालन हुँदै आइरहेको छ ।

पुरुषतर्फको विजेताले नगद ५५ हजार ५ सय ५५ र उपविजेता टिमले ३५ हजार ५ सय ५५ रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै महिलातर्फको विजेताले नगद १५ हजार र उपविजेता टिमले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजक ड्रिम व्वाइज क्लबका अध्यक्ष नविन माझीले बताए।

आगामी फागुन २ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले गरेका थिए।  प्रतियोगिताको पुरुष तर्फ १६ टिमको र महिला तर्फ ८ टिमको सहभागिता रहेको छ।

 

 

images
images
हुलाकी पत्र
images
SKIP THIS