images
images

धनकुटा वोर्डिङको १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ वालमन्दिरमा अवस्थित धनकुटा इङ्लिस सेकेण्डरी वोर्डिङ स्कूलले १५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस आज विविध कार्यक्रमको आयोजना गरि मनाएको छ ।

प्रमुख अतिथि धनकुटा नगरपालिका नगरप्रमुख चिन्तन तामाङले दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमम वोल्दै प्रमुख अतिथि नगर प्रमुख चिन्तन तामाङले १५ औं वार्षिक उत्सवको शुभकामना दिँदै अभिभावकको उपस्थिति देखेर खुसी लागेको बताए । उनले भने, ‘म पनि कुनै विद्यालयको अभिभावक हुँ । तर त्यहाँ यस्तो कार्यक्रममा अभिभावक खासै उपस्थिति हुँदैनन् । चासो दिँदैनन् । तर यहाँ अभिभावकको उपस्थिति देखेर खुसी लागेको छ । अभिभावकको चासो र उपस्थितिले विद्यार्थीको शैक्षिक सुधारमा धेरै फरक पार्छ ।

कार्यक्रममा वोल्दै स्कूलका संस्थापक तथा प्रिन्सिपल राजन पौडेलले स्कुलले निकट भविष्यमा प्राविधिक धारको प्लसटु संचालन ल्याउने तयारी गरिरहेको बताए । उनले आगामी शैक्षिक सत्र देखि संचालन हुने गरि कम्प्यूटर इन्जिनियरिङ र शिभिल इन्जिनियरिङ पढाई हुने गरी प्लस टु संचालन गर्न प्रक्रिया अघि वढाइएको बताए । स्कूललाई यहाँ सम्म सफलतापूर्वक रुपमा ल्याउने कार्यरत शिक्षकको भूमिका महत्वपूर्ण रहेको भन्दै धन्यवाद व्यक्त गरे ।

२०६५ सालमा स्थापना भएको स्कुलमा अहिले नर्सरी देखि कक्षा १० सम्म पढाई हुन्छ । अहिले ४ सय २२ जना विद्यार्थी अध्ययनरत रहेको स्कूलका प्रशासन प्रमुख सुमना तिमसीनाले बताइन् ।

कार्यक्रममा गत शैक्षिक २०७९ मा कक्षागत रुपमा प्रथम, द्वितीय तथा तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सोही अवसरमा खेलकुद, अतिरिक्त क्रियाकलाप, कराँते, फुटवल, ब्याडमिन्टन, अनुशासन लगायत ४४ विधामा ६७ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कक्षा १० मा अध्ययनरत सौगात पराजुली स्टुडेण्ड अफ द इयर घोषित भए । त्यस्तै अभिषेक लिम्बू, धर्मराज दियाली वेष्ट रनर, वेष्ट आईक्यूको रुपमा अनुष्कृत पौडेल, निश्चल श्रेष्ठ लगायत घोषित हुँदै पुरस्कृत भए ।

कार्यक्रममा गोकुण्डेश्वर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईं, राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठ, तुल्सीमेयर वोर्डिङ स्कूलका फाउण्डर दिनेश भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

स्कूलमा अध्ययनरत विद्यार्थीहरुले शिक्षाको महत्व र अनुशासनको विषयमा मन्तव्य राखेका थिए । त्यस्तै विद्यार्थीहरुले सांगितिक प्रस्तुति समेत राखेका थिए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS