images
images

बुढिमोरङका बसन्त राईले जिते साँगुरीगढी गाउँपालिका स्तरीय खोजी प्रतिभाको उपाधि

धनकुटा । साँगुरीगढी गाउँपालिका स्तरीय खोजी प्रतिभाको विजेता वुढिमोरङका वसन्त राई भएका छन् ।

साँगुरीगढी गाउँपालिका वडा नं. १ संजिवनी खेलमैदान (सुलिकोट) मा शुक्रवार साँझ सम्पन्न फाइनल राउण्डमा सहभागी अन्य प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै वसन्त राई साँगुरीगढी गाउँपालिका स्तरीय खोजी प्रतिभाको विजेता वन्न सफल भएका हुन् । उनले नगद ३० हजार रुपैया सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उनले वडा नं. २ वुढिमोरङबाट प्रतिनिधित्व गरेका थिए ।

त्यस्तै साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोकबाट प्रतिनिधित्व गरेका अनिल लिम्बू द्वितिय भए । उनले नगद २० हजार रुपैया सहित ट्रफी र प्रमाण प्राप्त गरे । ४ नं. वडा फाक्सिवबाट प्रतिनिधित्व गरेका सुन्दर लिम्बू तृतीय हुँदै नगद १० हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
‘हाम्रो मौलिक भाषा, संस्कृति र सभ्यता हाम्रो पहिचान, लुकेर रहेका प्रतिभा खोजी गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ साँगुरीगढी सामाजिक विकास संजालको आयोजनामा तथा संजीवनी क्लवको व्यवस्थापनमा पालिकास्तरीय खोजी प्रतिभाको आयोजना गरिएको थियो ।

गायन विधामा संचालन भएको प्रतियोगितामा साँगुरीगढी गाउँपालिका भरिका हरेक वडाबाट एक÷एक जना उत्कृष्ट प्रतिस्पर्धी छनोट गरिएको थियो । अडिसन मार्फत हरेक वडाबाट एक÷एक जना प्रतिस्पर्धी फाइनल राउण्डका लागि छनोट गरिएको थियो ।फाइनल राउण्डमा हरेक प्रतिस्पर्धीले गायन विधामा प्रस्तुती राखेका थिए । फाइनल राउण्डमा वरिष्ठ संगीतकार महेश खड्का, गायक राज शुक्र र गायक देवेन्द्र चेम्जोङ निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतिस्पर्धीहरुको प्रस्तुतिको आधारमा निर्णायक मण्डलले अन्तिम तीन जना नाम छनोट गरेका थिए । अन्तिम राउण्डका तीन जना प्रतिस्पर्धीलाई पून प्रस्तुती दिन लगाइएको थियो । उनीहरुले दिएको प्रस्तुतीको आधारमा विजेता छनोट गरिएको थियो ।

प्रतियोगिताको विजेतालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका पूर्वअर्थराज्यमन्त्री तथा प्रदेश सभा सदस्य निरन राईले, द्वितीय स्थान प्राप्त गर्नेलाई विशेष अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई र तृतीय स्थान हासिल गर्ने प्रतियोगीलाई साँगुरीगढी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष गोविन्द लिम्बूले पुरस्कार प्रदान गरेका थिए ।

सोही अवसरमा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले विजेता हुन सफल प्रतियोगितालाई प्रोत्साहन स्वरुप पालिका गानमा गाउने अवसर प्रदान गर्ने घोषणा गरे । साँस्कृतिक कार्यक्रममा निर्णायक मण्डलका सदस्यहरु सहित चर्चित गायिका ज्योती मगरले साँस्कृतिक प्रस्तुती दिएका थिए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS