images
images

चुङवाङमा पिकअप दुर्घटना हुँदा १६ जना घाईते, एक जनाको अवस्था गम्भिर

धनकुटा । जिल्लाको पाख्रिवास नगरपालिका वडा नं. १० चुङवाङमा पिकअप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भिर छ ।

हिलेबाट चुङवाङ तर्फ जाँदै गरेको को १ च १६१९ नम्बरको पिकअप भारती माध्यमिक विद्यालयको छेउमा सडक देखि करिव ५० मिटर तल खसेको थियो । घटना स्थल हिलेदेखि करिव १५ किलोमिटर दुरीको कच्ची सडकमा पर्दछ ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको छ । उपचारत मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गाडीको चक्का पड्किएर दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

गाडीको सवारी चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरीक्षक राजवावु महर्जनले बताए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS