images
images

वैवाहिक वर्षगाँठको अवसरमा पत्रकार कल्याणकारी कोषमा आर्थिक सहयोग

धनकुटा । नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता बराइली राई र उनका श्रीमान् गौरवनारायण राईले आफ्नो वैवाहिक वर्षगाँठको अवसर पारेर नेपाल पत्रकार महासंघ धनकुटा शाखाको पत्रकार कल्याणकारी कोष वृद्धिका लागि आर्थिक सहयोग गरेका छन् ।

राई दम्पतिले आज एक कार्यक्रमका वीच पत्रकार महासंघलाई नगद ५ हजार ५ सय ५५ रुपैया रकम प्रदान गरेका हुन् । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राईलाई उक्त रकम हस्तान्तरण गरेका थिए । सो अवसरमा वोल्दै केन्द्रीय सदस्य राईले पत्रकारलाई समस्या पर्दा केही सहयोग होस् भन्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोषमा थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् । उनले सोही अवसरमा पत्रकार महासंघमा स्थापना गरिएको संचार पुस्ताकालयको लागि दर्जन भन्दा वढी पुस्तक समेत प्रदान गरेकी थिइन् ।

विगत डेढ दशकदेखि संचारक्षेत्रमा क्रियाशील उनी हाल रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र धनकुटामा कार्यरत छिन् ।

सो अवसरमा पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, सल्लाहकार सन्तविर लामा, अग्रज पत्रकार सोविस चेम्जोङ, पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष विदुर खवास, सचिव हरिबहादुर लम्जेल, सहसचिव ईश्वर थाप, सदस्य विकास घिमिरे, संचारकर्मीद्वय सन्तोष सुवेदी, विपिन दाहाल लगायतले सहयोग प्रति धन्यवाद दिँदै वैवाहिक वर्षगाँठको शुभकामना व्यक्त गरेका थिए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS