
धनकुटा । धनकुटा नगरपालिका वडा नं. १० धर्मशालामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । भने ४० लाख रुपैया वरावरको क्षति भएको छ ।
विहिवार विहान करिव १०ः३० बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएको हो । करिव दुई घण्टा पछि आगो नियन्त्रणमा आएको पाख्रिवास प्रहरी चौकीका इन्चार्ज नारायण भट्टराईले बताए ।
स्थानीय कमला नेपाल मोक्तानको घरबाट आगो सल्किएको हो । आगलागीले मेहरमान मोक्तानको २ घर र रत्नमान ठाडामगरको घरमा पनि क्षति पुगेको छ ।
आगो नियन्त्रणको लागि धनकुटा नगरपालिका, पाख्रिवास नगरपालिका र लालीगुराँस नगरपालिकाको दमकल पुगेको थियो । भने नेपाली सेना, शसस्त्र प्रहरी वल र प्रहरीको टोली ठूलो संख्यामा परिचालन भएका थिए ।
दमक, सुरक्षाकर्मी र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । चुल्हो वालेको दाउराबाट आगलागी सुरु भएको हुन सक्ने जनाइएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएता पनि करिव ४० लाख रुपैया वरावरको आर्थिक क्षति भएको छ । धर्मशाला पाख्रिवास नगरपालिका र धनकुटा नगरपालिका सीमा क्षेत्रमा अवस्थित छ ।