images
images

कोशी प्रदेशका मुख्यमन्त्रीद्वारा किरातीको आस्थाको केन्द्र खुवालुङको स्थलगत निरिक्षण

धनकुटा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले किरातीहरुको धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको खुवालुङको स्थलगत निरिक्षण गरेका छन् ।

चतरादेखि जेटवोटबाट अरुण, दुधकोशी र तमोर नदीको संगमस्थल त्रिवेणी पुगेर खुवालुङको स्थलगत निरिक्षण गरेका हुन् ।

किरातीहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको खुवालुङ ढुंगा त्रिवेणीस्थित सप्तकोशी नदीको विच भागमा रहेको छ । ढुंगा भएको स्थानमा पुग्न सकिन्दैन । नदीको किनारवाटै खुवालुङ देख्न सकिन्छ ।

गत चैत्र १३ गते धनकुटामा वसेको कोशी प्रदेश सरकारको मन्त्रीपरिषद् वैठकले किरातीहरूको धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम मुख्यमन्त्री सहितको टोलीले खुवालुङको स्थलगत निरिक्षण गरेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । टोलीमा कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्री लगायत थिए । उक्त टोलीले स्थानीयसँग छलफल समेत गरेको थियो ।

साँगुरीगढी गाउँपालिकाले धार्मिक पर्यटनसँग जोड्न खुवालुङ भएको स्थान देखि ध्वजेडाँडासम्म खुवालुङ पदमार्ग निर्माण गर्ने तयारी समेत गरेको छ । किरातीको उत्पत्ति थलो भएको कारण यसलाई संरक्षण गरिनु पर्छ भन्दै खुवालुङलाई साँगुरीगढी गाउँपालिकाले पालिका गान र प्रतिक चिन्हमा समेटेको अध्यक्ष राईको भनाई छ ।

सप्तकोशी नदीको बीचमा एउटा ठूलो ढुंगा छ, जसलाई खुवालुङ भनिन्छ । यो ठाउँ धनकुटा, उदयपुर र भोजपुरको सीमा क्षेत्र त्रिवेणी भन्दा केही माथि पर्छ । किरात समुदायको आस्थासँग जोडिएको खुवालुङ ढुंगालाई फुटाउने की संरक्षण गर्ने विषयमा कुनै खुवै चर्चा भएको थियो । तर अहिले कोशी प्रदेश सरकार र साँगुरीगढी गाउँपालिका धार्मिक पर्यटनको रुपमा विकास गर्दै संरक्षण गर्नतर्फ लागिपरेको छ ।

images
images
हुलाकी पत्र
images
SKIP THIS