images
images

सहिद भीमनारायण गोल्डकप: एपिएफ उपाधी नजिक

विपिन दाहाल 

धनकुटा ।  विभागीय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लव काठमाडाैं  १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधी नजिक पुगेको छ ।

विहिवार धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न सेमिफाइनल खेलमा इटहरीको राष्ट्रिय जागृति क्लवलाई पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश गरेको हो । उपाधीको लागि एपिएफले भाेली हुने आयोजक धनकुटा र झापाको विर्तामोड युनाइटेड क्लव बिचको विजेतासँग शनिवार प्रतिस्पर्धा गर्नेछ ।

निर्धारित समय भरिमा दुवै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टी सुटआउटमा एपिएफको तर्फबाट सुमन श्रेष्ठ, युवराज खड्का र सविन गुरुङले गोल गरेका थिए । भने विश्वास उदास र दिपेश धिमालको प्रहार विपक्षी गोलकिपर विनय श्रेष्ठले रोकेका थिए ।

त्यस्तै राष्ट्रिय जागृतिको तर्फबाट उमेश राई र कुलदिप कार्कीले मात्र गोल गरे । मिलन राई, प्रवेश दनुवार र सुमित चौधरीको प्रहार एपिएफका गोलकिपर एन्जल श्रेष्ठले बचाएका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार ५ रुपैया सहित ट्रफी प्राप्त गरे ।

भोलीको सेमिफाइनल खेल आयोजक धनकुटा र विर्तामोड युनाइटेड क्लव वीच प्रतिस्पर्धा हुने आयोजक समितिका महासचिव राेशन श्रेष्ठले बताए ।

सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएकोे गोल्डकपको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छ । आगामी वैशाख २९ गते सम्म संचालन हुने गोल्डकपमा ८ टिमको सहभागिता रहेको छ ।

२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्पडकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ । नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।

 

 

images
images
हुलाकी पत्र
images
SKIP THIS