
विपिन दाहाल
धनकुटा । झापाको विर्तामोड युनाइटेड क्लव धनकुटामा जारि १६ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा सम्पन्न सेमिफाइनल खेलमा आयोजक धनकुटालाई ३–० गोलअन्तरले पराजित गर्दै विर्तामोड युनाईटेड क्लव फाइनलमा प्रवेश गरेको हो ।
झापाको जितमा अनिश लिम्बूले ४३ औं मिनेटमा र अभिषेक गुरुङले ४६ औं मिनेटमा गोल गरेका थिए । आयोजक धनकुटाका पदम भट्टराईले ६६ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।
विपक्षी खेलाडीलाई डिवक्स एरिया वाहिर फल गरेको भन्दै रेफ्रिले खेलको ४४ औं मिनेटमा आयोजक धनकुटाका गोलकिपर प्रदिप भण्डारीलाई रातो कार्ड दिए । त्यसपछि आयोजक धनकुटा १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीमा समेटिएको धनकुटालाई झापाले लगातार दवावमा राखेको थियो ।
फाइनल खेल भोली शनिवार हुनेछ । फाइनलमा विभागीय टोली एपिएफ र झापाको वितामोड युनाइटेड क्लव वीच प्रतिस्पर्धा हुनेछ । एपिएफ यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । आज सम्पन्न खेलको म्यान अफ द म्याच झापाका मौसम लिम्बू घोषित हुँदै नगद ५ हजार ५ रुपैया सहित ट्रफी प्राप्त गरे ।
भोली हुने फाइनल खेलमा उपाधीको लागि एपिएफ र विर्तामोड युनाइटेडले प्रतिस्पर्धा गर्नेछ । एपिएफ यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ । आज सम्पन्न खेलको म्यान अफ द म्याच झापाका मौसम लिम्बू घोषित हुँदै नगद ५ हजार ५ रुपैया सहित ट्रफी प्राप्त गरे । सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएकोे गोल्डकपको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी र उपविजेताले नगद २ लाख ५० हजार रुपैया प्राप्त गर्ने छ ।
२०५५ सालमा स्थापित गोल्डकप सुरुका दुई वर्ष नियमित रूपमा सञ्चालन भएको थियो । त्यसपछि देशको तत्कालीन असहज परिस्थतिका कारण सञ्चालन हुन सकेन । २०६३ सालपछि गोल्पडकप बर्सेनि सञ्चालन हुँदै आइरहेको छ । नेपाल कांग्रेसका नेता सहिद भीमनारायण श्रेष्ठलाई विराटनगरमा राजा विरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ सालमा तत्कालीन सरकारले गोली हानी हत्या गरेको थियो। उनलाई तत्कालीन सरकारले २०७३ सालमा राष्ट्रिय सहिद घोषणा गरेको थियो ।