धनकुटा l आयोजक रारा फुटवल क्लव मोरङको डाँगिहाट युथ क्लवलाई पराजित गर्दै राजारानीमा जारी ११ औं गोर्खा रारा गोल्डकप नकआउट फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा सोमवार सम्पन्न सेमिफाइनल खेलमा आयोजक रारा फुटवल क्लवले डाँगीहाट युथ क्लवलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
आयोजक राराको जितमा शिशिर लेखसीले ३६ औं मिनेटमा र तायोले ४९ औं मिनेटमा गोल गरेका थिए । डाँगिहाटको लागि एक मात्र गोल ३९ औं मिनेटमा सञ्जय श्रेष्ठले गरेका थिए ।
खेलको म्यान अफ द म्याच राराका छिरिङ गुरुङ घोषित हुँदै नगद ७ हजार रुपैया सहित ट्रफी प्राप्त गरे ।
उपाधीको लागि आयोजक राराले झापाको विर्तामोड युनाइटेड क्लव र साविक विजेता सिरहाको सलहेश क्लव वीचको विजेतासँग आगामी जेठ १६ गते प्रतिस्पर्धा गर्नेछ । फाइनल प्रवेशका लागि भाेलि विर्तामोड युनाइटेड र सलहेश क्लव वीच प्रतिस्पर्धा हुनेछ ।
रारा फुटबल क्लब, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।