images
images

स्काइ वाक टावरमा पर्यटकहरुको घुइचो

धनकुटाको पहिलो पर्यटकीय नगरी भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा आएपछि पर्यटकहरुको घुइचो बढेको छ । यो धनकुटाको पहिलो स्काइ वाक टावर हो । वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी  क्षेत्रफलमा रु २० कारोड लगानीमा स्काइ वाक टावरको शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो ।

 

टावर सञ्चालनमा आएसँगै यहाँको होटल वेबसाईहरुमा उत्साह बढेको होटल व्यवसायी लिलाराज लावती बताउनु हुन्छ । कोरोनाको कहरले आर्थिक रुपमा थलिएका भेडेटारका होटल व्यवसायीहरुमा टावर संचालनले उत्साह थपिएको हो ।

गर्मी मौसम लागे सँगै  तराईका विभिन्न क्षेत्रहरु बाट पर्यटकहरुको घुइचो बढेको छ । चुरे पहाडमा अवस्थित यस भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृष्य एकैसाथ हेर्न पाइन्छ । यहाँ बाट दृश्यावलोकनका गर्नकै लागि भेडेटारमा दैनिक पूर्वी भारत र नेपालका विभिन्न स्थानबाट दुई हजारभन्दा बढी पर्यटकहरु आउने गरेका छन् ।

आहिले सम्म भेडेटारमा साना र ठूला गरी दुई सयभन्दा बढी होटल सञ्चालनमा छन् । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले टावर सञ्चालनमा आएपछि यहाँको पर्यटन विकासमा टेवा पुग्ने र आर्थिक सुधार हुने कुरामा विश्वास    गरेको बताउनु हुन्छ ।

images
images
हुलाकी पत्र
images
SKIP THIS