images
images

नेपाली कांग्रेस धनकुटाको श्रद्धाञ्जली सभा कार्यक्रम

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ को स्याउलेमा नेपाली कांग्रेस धनकुटाले आज वरिष्ठ समाजसेवी तथा नेपाली कांग्रेसका अभिभावक अमरवहादुर घिमिरेका श्रीमती धनमाया घिमिरेको हालै निधन भएकोमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, सचिव विजयसन्तोषी राई, जिल्ला सदस्यहरु बासुदेव भण्डारी, गोविन्द वाग्ले, मिनबहादुर कार्की, धनकुटा नगर कार्य समितिका सदस्य करुणा गुरागाई लगायतले स्वर्गीय धनमाया घिमिरेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका श्रीमान धनकुटाका कांग्रेसका अभिभावक वरिष्ठ समाजसेवी अमरबहादुर घिमिरे र घिमिरे परिवारजनमा समवेदना पत्र प्रदान गरिएको थियो ।

८८ बर्षको उमेरमा हालै निधन भएकी समाजसेवी स्वर्गीय धनमाया घिमिरेका श्रीमान नेपाली कांग्रेस धनकुटाका अभिभावक वरिष्ठ समाजसेवी अमर वहादुर घिमिरे, छोरावुहारीहरु नगेन्द्र प्रसाद÷निलु घिमिरे, ज्ञानेन्द्र प्रसाद÷सरला घिमिरे, गजेन्द्र प्रसाद÷भीममाया घिमिरे, दिलबहादुर÷चन्द्रावती घिमिरे र छोरी कमला कार्मी घिमिरे तथा नाती नातीनीहरु रहेका छन् ।
समाजसेवी घिमिरेको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताए ।

त्यस्तै सहिदभूमि गाउँपालिकाको सफाईधापमा नेपाली कांग्रेस धनकुटाले स्वर्गीय मिहाङ राईको सम्झनामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिका सदस्य तथा सहिदभूमी गाउँपालिकाका वडा नं. १ का वडाध्यक्ष रमेश कुमार राई र समाजसेबी बेतन कुमारी राईको छोरा मिहाङ राईको एक हप्ता अघि निधन भएकोमा नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, क्षेत्रिय सभापति तथा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपसभापति तथा धनकुटा नगरपालिकाका वडा नं. ६ का वडाध्यक्ष मिलनकुमार खड्गी, धनकुटा नगर कार्य समितिका सभापति नरेश श्रेष्ठ, नेपाली कांग्रेसका यूवा नेता तथा पूर्व वडाध्यक्ष अशोक राई, सहिदभूमी गाउँपालिका सभापति टंक राई, नेपाल महिला संघ धनकुटाका सचिव संगिता चापागाई, नेपाल तरुण दल सहिभूमि कार्य समिति सदस्य सागर राई लगायतले स्वर्गीय मिहाङ राईप्रती श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समदेना पत्र प्रदान गरिएको थियो ।

नेपाली कांग्रेस सहिदभूमी गाउँपालिका सभापति टंक राईको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । यसअघि नेपाली कांग्रेसका महाधिवशेन प्रतिनिधि तथा प्रदेश सभा सदस्य इन्दिरा थापा, जिल्ला कार्य समितिका सदस्य इन्दिरा कटुवाल, नेपाली कांग्रेस साँगुरीगढी गाउँपालिकाका सभापति नेपालधन राई, पूर्वजिल्ला सदस्य मोहन वान्तवा, सहिदभूमी गाउँपालिका वडा नं. १ का सभापति भिमनाथ खड्काले पनि स्वर्गीय मिहाङ्क राईप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना पत्र बुझाएको थियो ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले मिहाङ राईको निधनले नेपाली कांग्रेस धनकुटा अत्यन्तै दुखि भएको बताए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS