
धनकुटा । नेपाली कांग्रेस धनकुटाले हिलेको कुवापानीमा नगर कार्य समितिका सदस्य तथा समाजसेवी स्वर्गीय नारायण थापाको पाचौं पुण्य दिनमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्लाका सभापति दिनेश राई, प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष सरस्वती मगर, महासमिति सदस्य सुमना तिम्सिना, नेपाल किसान महासंघका केन्द्रिय सदस्य टिका देवी भण्डारी, नेपाली कांग्रेस धनकुटाका नगर सभापति नरेश श्रेष्ठ, उपसभापति अभिषेक कर्माचार्य, उपसभापति तथा नेपाल तरुण दल धनकुटाका अध्यक्ष अमित लो तामाग,सदस्य मिना कार्की ,सदस्य तथा समाजसेवी तेज कार्की लगायतले पार्टीका नगर कार्य समितिका सदस्य स्वर्गीय नारायण थापा प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सो अवसरमा कांग्रेस प्रतिनिधिहरुले परिवारजनमा समवेदना पत्र प्रदान गरेका थिए ।
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका सदस्य तथा समाजसेवी स्वर्गीय नारायण थापाको श्रीमती विष्णु देवी थापा, छोरा पोषण थापा र छोरी प्रियंका थापा छन् । श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राईले सो अवसरमा नगर कार्य समितिका सदस्य थापाको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको वताए ।
यसैगरी नेपाली कांग्रेस धनकुटाले पार्टीका नेता तथा नेपाल महिला संघ धनकुटाका पूर्वअध्यक्ष अम्विका कुमारी राईको हालै निधन भएकोमा आज धनकुटाको देव्रेवासमा श्रद्धाञ्जली कार्यक्रम गरी परिवारजनमा समवेदना पत्र बुझायो ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई,प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य सुमना तिम्सिना, छथरजोरपाटी गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेस छथरजोरपाटी गाउँपालिका सभापाति छत्र सुब्बा, नेपाल किसान महासंघका केन्द्रिय सदस्य टिका देवी भण्डारी, जिल्ला कार्य समितिका सस्यहरु मिनबहादुर कार्की, गोविन्द मैनाली, नेपाली कांग्रेस धनकुटाका नगर सभापति नरेश श्रेष्ठ, उपसभापति अभिषेक कर्माचार्य, छथरजोरपाटी वडा नं. ५ का पार्टी वडा सभापति ढकल सिंह लिम्बु, नेपाली कांग्रेस धनकुटा वडा नं. ४ का सभापति हरि तिम्सिना, सचिव थिरबहादुर थापा, सल्लाहकार लक्ष्मी प्रसाद भट्टराई, सदस्यहरु महेश श्रेष्ठ, टंक राना, श्याम श्रेष्ठ लगायतले स्वर्गीय नेता अम्विका राई प्रति श्रद्धाञ्जली अर्पण गरी परिवारजनमा समवेदना पत्र प्रदान गरेको थियो ।
नेपाली कांग्रेस धनकुटाका नेता तथा नेपाल महिला संघ धनकुटाका पूर्व जिल्ला अध्यक्ष समाजसेवी अम्विका राईको श्रीमान् नेपाली कांग्रेस धनकुटाका सदस्य बुद्ध राई, छोराहरु बिनय राई, विजय राई, वुहारीहरु शशी र पुष्पा राई र छोरी बिनुता राई र नाती तथा नातिनिहरु रहेका छन् । उनीहरु सवै नेपाली कांग्रेस धनकुटाका क्रियाशिल सदस्य हुन् । पार्टी नेता तथा महिला संघका पूर्वअध्यक्ष अम्विका राईको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षति पुगेको जिल्ला सचिव विजयसन्तोषी राईले वताए ।