images
images

सहिदभूमि गाउँपालिकामा सडक सरसफाई अभियान सुरु

धनकुटा । सहिदभूमि गाउँपालिकाले चाडपर्व लक्षित गरि सडक सरसफाई अभियान सुरु गरेको छ । नजिकिदै गरेको विभिन्न चाडपर्वमा सहज रुपमा सवारी साधन सञ्चालन होस् भन्ने उद्देश्यले सरसफाई अभियान सुरु गरिएको सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।

उनका अनुसार पछिल्लो समय अविरल वर्षापछि गएको पहिरोले गाउँपालिका भरिका मुख्य तथा सहायक सडक मार्गहरु अवरुद्ध वनेका छन् । विभिन्न चाडपर्व पनि नजिकिदै गरेको कारण गाउँपालिकाको एउटा र अन्य तीन वटा गरि चार वटा जेसिवी ब्याकहो लोडरबाट सडक सरसफाई भइरहेको उनले बताए ।

हिले– छिन्ताङ, त्रिवेणी, मुलघाट–साप्तिङ–सफाइ–अखुवाटार, थलथले–चाम्चा–साप्तिङटार, सुकेआहाल–माम्फिङ, पञ्चकन्या–सेतीचोक–सफाइटार, पिप्ले–जिसु राईघाट–मङ्सुवा हुँदै भोजपुर, साम्वुगाउँ–ढोल्मुखा–गुठी–कागुने लगायतका मुख्य तथा सहायक सडक मार्ग सरसफाई हुनेछ ।

images
images
हुलाकी पत्र
images
SKIP THIS