
धनकुटा । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेपाली कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईसँग धनकुटामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले भेटघाट गरी हालै आएको बाढी पहिरोबाट निधन भएकाहरुका लागी र क्षति भएकाहरुका लागी तत्काल राहत तथा क्षतिपूर्ती उपलब्ध गराउन माग गरेका छन् ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, संविधानसभा सदस्य तथा महासमिति सदस्य लिला सुब्बा, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रिय सदस्य विगेन्द्र याक्खा, महाधिवेशन प्रतिनिधि खेमराज पौडेल, नेपाली कांग्रेस प्रदेश सभा क का क्षेत्रिय उपसभापति मिलन खड्गी, नेपाल शिक्षक संघका संघिय प्रतिनिधि विनय राई, जिल्ला सहसचिव चन्द्रकला धमला, धनकुटा नगर सचिव बिनोद सुवेदी, नेपाल तरुण दल धनकुटका सचिव नरेन्द्र कश्चित, धनकुटा नगरपालिका वडा नं ५ का उपसभापति गोविन्द्र राई, नेपाल पत्रकार महासंघ धनकुटका उपाध्यक्ष विदुर खवास, पत्रकार विपिन दाहाल, नेपाल तरुण दल धनकुटाका सदस्य डगेन्द्र पौडेल, समाजसेवी खेम आचार्य लगायतले कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेपाली कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईसँग बाढी पहिरोबाट धनकुटामा निधन भएका परिवारका लागी र क्षति भएकाहरुका लागी तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका नेता तथा कार्यकर्ताहरुले मन्त्री राईसँग धनकुटाको विकास र समृद्धिका लागी विशेष योजनाहरु ल्याउनका लागी अनुरोध गरिएको नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राईले वताए ।
कोशी प्रदेशका भैतिक पूर्वाधार विकास मन्त्री तथा नेपाली कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईले वाढीवाट मुत्यु भएका परिवारलाई क्षतिपूर्ति दिने काम भइरहेको र क्षति भएका भौतिक संरचनाहरुका पुनर्निर्माण कार्य समेत तिव्र गतिमा भइरहेको वताए । मन्त्री राईले धनकुटाको विकास र समृद्धिका लागी प्रदेश सरकारले विशेष ध्यान दिने वताए ।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा नेपाली कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईलाई उक्त अवसरमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राईले बाढी पहिरोबाट धनकुटामा भएको क्षति, पुनर्निर्माणका वारेमा जानकारी दिदै धनकुटाको विकास र समृद्धिका लागी विशेष योजनाहरुको समेत जानकारी दिए ।