images
images

धनकुटा कांग्रेसका भातृसंस्थाहरु अव सक्रिय

धनकुटा । नेपाली कांग्रेस धनकुटाले सुरू गरेको १०० दिने विशेष अभियान अन्र्तगत जिल्लामा भातृ संस्थाहरूलाई सक्रियर सशक्त बनाउन व्यापक परिचालन गर्नु पर्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले भातृ संस्थाहरुको भेलालाई सम्वोधन गर्दै बताएकी छिन् । नेता डा. संग्रौलाले भातृ संस्थाहरूले बार्षिक कार्यक्रम बनाएर कार्य योजना सहित व्यापक परिचालन भई पार्टीलाई सशक्त बनाउनु पर्नेमा जोड दिइन् ।

सो अवसरमा संविधानसभा सदस्य तथा नेपाली कांग्रेस धनकुटाका पूर्वजिल्ला सभापति मनोहरनारायण श्रेष्ठले नेपाली कांग्रेसको भातृ संस्थाहरु भनेको मुख्यशक्ति भएको वताए । संविधानसभा सदस्य तथा नेपाल महिला संघ धनकुटाका अध्यक्ष लिला सुब्बाले महिलालाई राज्यको हरेक तहमा अनिवार्य सहभागीता गराउनु पर्नेमा जोड दिइन् ।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सूचना तथा प्रचार प्रसार समितिका सदस्य राजु मास्के, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु अम्विका धमला, मिनवहादुर कार्की, क्षेत्र नम्वर ख का सभापति राजन पौडेल लगायतले पार्टीले भातृ संस्थाहरुलाई सक्रिय बनाई पार्टी संगठन विस्तार र सुदृढीकरण गर्नु पर्नेमा जोड दिएका थिए ।

सो अवसरमा नेपाल लोकतान्त्रिक खेलकुद महासंघ धनकुटाका अध्यक्ष शम्भु प्रधान, नेपाल किसान महासंघका अध्यक्ष दिल कुमार राई, लोकतान्त्रिक आदिवासी जनजाती महासंघ धनकुटका अध्यक्ष नरेन्द्र कश्चित, नेपाल साँस्कृतिक महासंघ धनकुटाका अध्यक्ष केजी सुब्बा, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष बिनोद घिमिरे, लोकतान्त्रिक अपाङ महासंघ धनकुटाका अध्यक्ष प्रेम तुम्वाङ, नेपाल प्रहरी समाज धनकुटाका रामबहादुर रसाइली, सुरेश कुमार आले, नेपाल विद्यार्थी संघका नेता तथा धनकुटा वहुमुखी क्याम्पसका स्ववियू सचिव सुवास खनाल, नेपाल किसान महासंघ धनकुटाका उपाध्यक्ष देवेन्द्र राई, वडा नंं ७ निर्वाचित वडा सदस्य केदारनाथ श्रेष्ठ, नेपाल महिला संघ धनकुटाका सदस्य मन्दिरा भट्टराई लगायतले समेत अव भातृ संस्थाहरु धनकुटामा कार्य योजना सहित संगठन विस्तारमा लाग्ने वताउँदै अहिले धनकृटामा भातृ सस्थाहरुको अवस्थाको वारेमा प्रस्तुत गरिएको थियो ।

 

 

 

 

images
images
हुलाकी पत्र
images
SKIP THIS