images
images

कार्तिक २७ गतेबाट राजारानीमा दोस्रो अन्तराष्ट्रिय आमन्त्रित भेट्रान फुटबल प्रतियोगिता हुँदै

धनकुटा ।  चौबिसे गाउँपालिकामा गत बर्ष देखि शुरु भएको अन्तराष्ट्रिय आमन्त्रण हाम्रो राजारानी पुरुष भेट्रान फुटवल प्रतियोगिताको दोस्रो संस्करण आउने कार्तिक २७ गतेबाट शुरु हुनेभएको छ ।

आयोजक संस्था हाम्रो राजारानी भेट्रान राजारानी धनकुटाले सोमबार पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजनिक गरेको हो ।

स्वर्गीय ज्ञानबहादुर र बुद्धिमायाँ लिम्बूको स्मृतिमा सञ्चालन हुने प्रतियोगितामा नेपाल भारत र यू.के.स्थित भेट्रान फुटबल क्लव सहित टिमको सहभागीता रहनेछ ।

चौबिसे गाउँपालिकाको संरक्षण तथा गोरखा ब्रुअरीको मुख्य प्रायोजनमा सम्पन्न हुनलागेको उक्त प्रतियोगितामा ३२ लाख बराबरको अनुमानित खर्च हुने आयोजक संस्थाका अध्यक्ष बिजु राईले जानकारी दिए ।

४० बर्ष माथिका खेलाडी सहभागी रहने उक्त खेलमा विजेता टोलीले नगद एक लाख २४ हजार २४ रुपैया र उप–बिजेताले ६४ हजार २४ रुपैया सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । पत्रकार सम्मेलनमा हाल यूकेमा रहेका पूर्वफुटवल खेलाडी तथा भूतपूर्व सैनिक स्थानीय लोकबहादुर चेम्जोङ्गले यूकेस्थित विभिन्न ब्यक्तिहरुबाट खेलका लागि संकलित दुई लाख पाँचहजार नगद रकम आयोजकलाई हस्तान्तण गरेका थिए ।

प्रतियोगितको हरेक खेलमा म्यान अफ द म्याच र विधागत पुरस्कारको व्यवस्था गरिएको छ । भेट्रानतर्फ प्रदेशकै ठुलो प्रतियोगिता भएको आयोजककाे दावी छ ।

खेलसँगै गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि स्थानीय स्तरमा उत्पादित खानाहरुको परिकार, विभिन्न जातिय भेषभुषाहरुको फेसन–सो र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

जीवनको उत्तरार्धमा पनि खेलको माध्यमबाट स्वस्थ्य रहन सहयोग पुर्याउने यस प्रतियोगितामा आफ्नो संधै सहयोग रहने भन्दै पालिका अध्यक्ष राजकुमार चेम्जोङ्गले खेल सफलताको शुभकामना दिए । कार्यक्रमको संचालन सविन अधिकारीले गरेका थिए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS