
धनकुटा । नेपाली कांग्रेस धनकुटाले १०० दिने विशेष अभियानलाई धनकुटामा अझ प्रभावकारी र सशक्त बनाउनका लागी दुई वटै प्रदेश सभा क्षेत्रीय कार्य समितिसँग संयुक्त रुपमा छलफल तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले प्रदेश सभा क्षेत्रिय कार्यसमितिले १०० दिने अभियानमा सशक्त रुपमा परिचालित भई क्षेत्रिय सम्मेलन पनि गर्नका लागी निर्देशन दिए ।
जिल्ला सचिव विजय सन्तोषी राईले १०० दिने अभियानमा क्षेत्रिय समितिले गर्नु पर्ने १५ बुदे कार्ययोजनाको वारेमा प्रस्तुत गरी सहजीकरण गरेका थिए ।
सो अवसरमा संविधानसभा सदस्य लिला सुब्बा, महासमिति सदस्य सुमना तिम्सिना, नेपाली कांग्रेस केन्द्रिय सूचना तथा प्रसार प्रसार समितिका सदस्य राजु मास्के, नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलकबहादुर महत, जिल्ला सदस्य मिनवहादुर कार्की, प्रदेशसभा क्षेत्रिय कार्य समिति क का सभापति तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, ख खका सभापति राजन पौडेल, उपसभापति भिम खड्का, क का उपसभापति मिलनकुमार खड्गी, सदस्य दिपक मगर, कुसुम श्रेष्ठ जोशी, प्रदेश सभा ख का सदस्यहरू सविन चापागाई, सर्मिला राई, कृष्ण कटेल, पृतुराम राई लगायतका सदस्यहरुले नेपाली कांग्रेसले संचालन गरेको १०० दिने विशेष अभियानलाई सफल बनाउन प्रदेश सभा क्षेत्रिय कार्य समितिले सवै शक्ति लगाएर परिचालित भई भव्य रुपमा सफल बनाउने बताए ।