images
images

धनकुटाका प्रमुख जिल्ला अधिकारी पोखरेललाई उद्योग बाणिज्य संघको तर्फबाट स्वागत

धनकुटा । धनकुटा जिल्लामा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई धनकुटा उद्योग बाणिज्य संघले स्वागत गरेको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिारी टुवराज पोखरेललाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले स्वागत गर्दै सफल तथा लोकप्रिय कार्यकालको लागी हार्दिक शुभ कामना व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष राई सहित वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ (तारा), महिला उपाध्यक्ष निर्मला श्रेष्ठ, कार्यकारी सदस्यहरू अम्विका धमला, उज्वल कर्माचार्य, रेजिना पालिखे, सुनिता थापा, शोभा श्रेष्ठ लगायत उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यकारी सदस्यहरूले खादा माला लगाई बधाई दिई सफल कार्यकालको लागी शुभ कामना दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले स्वागत ग्रहण गर्दै धनकुटामा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्न सवैसँग सहकार्य गरी नीति नियम भित्र रही काम गर्ने वताए । तत्कालीन् धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल सरुवा भक्षर्् गोरखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न गएको र दोलखामा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्य गरिरहेका पोखरेल सरुवा भइ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न केहिदिन अघि मात्रै धनकुटा आएका हुन् ।

images
images
हुलाकी पत्र
images
SKIP THIS