images
images

नेपाली कांग्रेसको १०० दिने अभियान सहिदभूमि गाउँपालिकामा सुरू

धनकुटा । सहिदभूमि गाउँपालिकामा नेपाली कांग्रेसले १०० दिने विशेष अभियान शुरु गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. डिला संग्रौलाले सहिदभूमि गाउँपालिकामा १०० दिने विशेष अभियानको विरुवा पानी सिञ्चित गर्दै शुभारम्भ गरेकी थिइन् । केन्द्रिय सदस्य डा. डिला संग्रौलाले कांग्रेस अव रुपान्तरण हुनेमा जोड दिइन् । उनले अव सहिदभूमि लगायत धनकुटा जिल्लाभरी विजय प्राप्त गर्ने बताइन् ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले अव कांग्रेसमा मुल्याङ्कनको परीपाटी शुरू हुने वताए । नेपाली कांग्रेस धनकुटाका निर्वतमान सभापति अग्नीप्रसाद पौडेल, पूर्वसभापति हरिकुमार राई, प्रदेश कार्य समिति सदस्य नविन किशोर शाक्य, नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, क्षेत्रिय सभापति जितेन्द्र राई, नेपाल किसान संघका केन्द्रिय सदस्य टिका भण्डारी लगायतले सहिदभूमी गाउँपालिकामा आगामी निर्वाचन नेपाली कांग्रेसले जित्न सक्ने गरी संगठन निर्माण हुने वताए । जिल्ला सचिव तथा पालिका संयोजक जयन्द्र घिसिङले १०० दिने विशेष अभियानकाको कार्ययोजना प्रस्तुत गरेका थिए ।

नेपाली कांग्रेस सहिदभूमी गाउँपालिका कार्य समितिका सभापति टंक राईको अध्यक्षतामा सम्पन्न भएको १०० दिने विशेष अभियान कार्यक्रमको शुभारम्म कार्यक्रममा जिल्ला सहचिवहरु रोशन श्रेष्ठ, श्रीराम रायमाझी, महासमिति सदस्य सुमना तिम्सिना, केन्द्रिय सूचना तथा प्रचार प्रसार समितिका सदस्य राजु मास्के, जिल्ला सदस्यहरु हर्कमान चेम्जोङ, अम्विका धमला, योगेन्द्र राई, रमेश कुमार राई, तोर्ण खड्का, दौलत राई, तिर्थ राई, मोहन वान्तवा, डिवि मोक्तान, गजम घिसिङ, राजेन्द्र पौडेल, कमल कुमारी राई, पूर्वमहासमिति सदस्य शिवकुमार राई, छथरजोरपाटी गाउँपालिकामा सभापति तथा अध्यक्ष छत्र सुब्बा, नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक महत, धनकुटा अध्यक्ष अमित लो तामाङ, नेपाल किसान संघ धनकुटाका अध्यक्ष दिलकुमार राई, नेपाल शिक्षक संघ धनकुटाका पूर्वअध्यक्ष विश्वनाथ दाहाल, प्रदेश कार्य समितिका सदस्य दिपक मगर, छथरजोरपाटी गाउँपालिका वडा नं. ५ का सभापति ढकलसिंह लिम्बु लगायतले १०० दिने विशेष अभियान कार्यक्रमको सफलताको लागी शुभ कामना व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन नेपाली कांग्रेस सहिदभूमिका पूर्वसचिव रुद्र राईले गरेका थिए । स्वागत मन्तव्य पालिका पूर्वउपसभापति लक्ष्मण राई राखेका थिए । पालिका उपसभापति तोर्ण परियार, वडा नं. ६ का सभापति विकास राईले अथितिहरुलाई खादा माला लगाई दिई स्वागत गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस सहिदभूमी गाउँपालिका वडा नं. १ का सभापति भिमनाथ खड्का, जिल्ला प्रतिनिधि तिर्थ राई, वडा नं. २ का सभापति दुर्गा विष्ट, जिल्ला प्रतिनिधि रमेश कुमार राई, वडा नं. ३ का सभापति रत्न राई, जिल्ला प्रतिनिधि शिव कुमार राई, वडा नं. ४ का सभापति सन्तोष राई, जिल्ला प्रतिनिधि यज्ञ राई, वडा नं. ५ का सभापति कनक राई, जिल्ला प्रतिनिधि योगेन्द्र राई, वडा नं. ६ का सभापति विकास राई, जिल्ला प्रतिनिधि टिकादेवी भण्डारी, वडा नं. ७ का सभापति मंगल सिंह राई, जिल्ला प्रतिनिधि तोर्ण खड्का लगायत १०० दिने विशेष अभियान संचालन गर्न खटिएका र आजैदेखि वडावडामा र टोल टोलमा अभियान संचालन गर्ने जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।

नेपाल शिक्षक संघ सहिदभूमी गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, उपाध्यक्ष सिता राई, नेपाल महिला संघकी पालिका अध्यक्ष विष्णु कुमारी राई, पालिका सचिव आत्मा राई, लगायतले सवै सहिदभूमी गाउँपालिकाका कांग्रेसजनहरुले कांग्रेस अव अझ सक्रिय हुने वताए ।
जयन्द्र घिसिङ संयोजक र सदस्यहरूमा टंक राई, रुद्र राई, तिर्थ राई, शिव कुमार राई, लोकेन्द्र राई, रमेश कुमार राई, दौलत राई, पिंकी राई सदस्य रहेको ९ सदस्यीय सहिदभूमि पालिका स्तरीय संयन्त्र गठन गरेको छ ।

   

images
images
हुलाकी पत्र
images
SKIP THIS