
काठमाडौं । नेपालीहरूको निकै ठूलो जमात रहेको जापानको नागोया शहरमा हालको सर्वप्रिय व्याड ‘’पूर्ण राई एण्ड दाजुभाईको” लाइभ कन्सर्ट हुने भएको छ ।
यसै वर्ष २०२४ को डिसेम्बर १६ तारिख सोमवार साँझ ६ बजेदेखि नागोयाको मुटु सिनसाकाई स्थित डाइमण्ड हलमा हुने भनिएको यो कार्यक्रम तयारि तिव्र रूपमा अगाडि वढिरहेको छ ।
युवापुस्तामाझ अत्यन्तै लोकप्रिय यो व्याण्डको प्रस्तुतिले विदेशमा पनि नेपाली संगितलाई जिवन्त राख्दै युवावर्गहरूको रूचिलाई ध्यानमा राख्दै कार्यक्रमको आयोजना गरिएको कुरा आयोजक प्रमुख सागर ढकालले जानकारी दिए ।
कार्यक्रममा ब्यान्डले दर्जनौ लोकप्रिय गितहरू अन्तराष्ट्रिय लेवलको प्लेटफममा पूर्ण राई र ऊनको ब्यान्ड दाजुभाईले बेजोड प्रस्तुति दिनेछन् ।
जापानमा ऊनको यो प्रस्तुति पहिलो हुने भएको छ । नागोयाका कार्यक्रममा चार हजार जापानी येनदेखि १० हजारसम्मको टिकट मूल्य रहेको र अधिकांश अर्लि वर्डको टिकेट विक्रि भै सकेको र भख्खरै अत्यन्तै सफलताका साथ समेपन्न जोन एण्ड दि लोकलको कन्सर्टमा जस्तै साथ र सहयोगको लागि अपिल गरिएको आयोजकका नवराज पौडेलले वताए ।
सुवास लामिछानेको मुख्य व्यानर तथा नागोया व्रदरहुडको मुख्य आयोजनामा हुने नागोयाको यस कार्यक्रमका मुख्य प्रायोजन नेपाल स्टेशन एवं पर्वल हेज नागया तथा सागर ढकाल रहेको आयोजकका अध्यक्ष विशाल क्षेत्रीले बताए ।
कार्यक्रमका लागि गेट ५ः०० वजेवाट खुल्ने र ६:३० वाट कार्यक्रम सुरूवात हुने कुरा समेत आयोजकले जनाएको छ, व्याडले नागोया सहित टोक्योमा समेत विशेष प्रस्तुति दिने जापान कार्यक्रमका प्रमुख सुभाष लामिछाने वताए ।