धनकुटा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि संविधान सभा सदस्य आदरणीय यूवा नेता डा.डिला संग्रौलाले धनकुटा नगर स्तरीय १०० दिने विशेष अभियानको भव्य रुपमा उद्घाटन गर्दै कांग्रेस सवैका अभिभावक भएको वताइन् ।
नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, पूर्वसभापति हरिकुमार राई, संविधानसभा सदस्य लिला सुब्बा, प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्यले १०० दिने विशेष अभियानले कांग्रेसको आन्तरिक संगठन सुदृढीकरण गर्ने वताए । जिल्ला उपसभापति तथा धनकुटा नगर संयोजक सुनिलकुमार डंगोलले स्वागत मन्तव्य गर्दै १०० दिने विशेष अभियानको कार्ययोजना प्रस्तुत गरेका थिए ।
यसैगरी जिल्ला सचिव विजय सन्तोषी राई संयन्त्रको काम कर्तव्य र कार्यक्रमको महत्वको वारेमा प्रस्तुत गरे । यूवा नेता कमोट फागो, क्षेत्रीय सभापति प्रदेश सभा क का जितेन्द्र राई लगायतले शुभ कामना मन्तव्य व्यक्त गरे ।
नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका कार्यवहाक सभापति अभिषेक कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन उपसभापति अमित लो तामाङले गरेका थिए ।
प्रमुख अथिति तथा विशेष अथिति र अथितिहरुलाई नेपाली काग्रेसका जिल्ला सदस्य हिरादेवी राई, नगर कार्य समिति सदस्यहरु रेजिना पालिखे, संगिता चापागाईंले खादा माला लगाई दिई स्वागत गरेका थिए ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव जयन्द्र घिसिङ, कोषाध्यक्ष सरस्वती मगर, सहसचिव श्रीराम रायमाझी, प्रवक्ता खगेन्द्र घिमिरे, महासमितिसदस्यहरु आनन्द सन्तोषी राई, सुमना तिम्सिना, गंगाराम ढुंगाना, नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक महत, युवराज पराजुली, नेपाल किसान महासंघका केन्द्रिय सदस्य टिका भण्डारी, नेपाली कांग्रेस धनकुटाका पूर्वकोषाध्यक्ष विकास प्रधान, सल्लाहकार पूर्वडिआईजी दिनेश अमात्य, जिल्ला सदस्यहरु रविन्द्र नेपाल, रेणु श्रेष्ठ, रोशेष श्रेष्ठ, श्रीकृष्ण प्रधान, नगेन्द्र पाण्डे, मीन कार्की, अम्विका धमला, राजेन्द्र खड्का, भक्त थापा, मेजर बलबहादुर थापा, बुद्धिकान्त घिमिरे, शान्ति खड्का, क्षेत्रिय उपसभापति मिलन खड्गी, वडा नं. १ का सभापति विरबहादुर तितुङ, वडा नं. २ का सभापति राजकुमार राई, वडा नं. ४ का सचिव थिरवहादुर थापा, वडा नंं ५ का सभापति धन वहादुर राई, वडा नं. ६ का सचिव अनिता लुईटेल, वडा नं. ७ का सभापती शैलेसमान श्रेष्ठ, वडा नं. ९ का उपसभापति सिताराम न्यौपाने, वडा नंं १० का सभापति अमर खनाल, धनकुटा नगरपालिका कार्यपालिका सदस्य कृष्णमाया श्रेष्ठ, मञ्जु कार्की, रेजिना पालिखे, नेपाल दलित संघ धनकुटाका अध्यक्ष नारायण विक, नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिल कुमार राई, उपाध्यक्ष केदारनाथ श्रेष्ठ, नेपाल प्रेस युनियन धनकुटाका सस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई, पूर्व अध्यक्ष यानिन्द्र तिगेलाले शुभकामना व्यक्त गरेका थिए ।
नेपाली कांग्रेसले धनकुटा नगरपालिका वडा नं. १ का सरस्वती मगर, वडा नं. २ मा खगेन्द्र घिमिरे, वडा नं. ३ मा खेमराज पौडेल, वडा नं. ४ मा गोविन्द्र वाग्ले, वडा नं. ५ मा रोशेष श्रेष्ठ, वडा नं. ६ मा सिता प्रधान, वडा नं. ७ मा श्रीकृष्ण प्रधान, वडा नं. ८ मा रविन्द्र नेपाली, वडा नं. ९ मा मिन वहादुर कार्की, वडा नं. १० मा भक्त थापालाई १०० दिने विशेष अभियान संचालन गर्न संयोजकमा रुपमा खटाइएको र वडा संयोजकहरुले वडा गएर वडा र टोलको संगठन विस्तार र सुदृढीकरणका लागी १५ बुँदे काम गर्नु पर्ने जिल्ला सचिव विजय सन्तोषी राईले वताए ।










