images
images

धनकुटाको साँगुरीगढीमा कांग्रेस प्रत्येक घर–घरमा

धनकुटा । साँगुरीगढी गाउँपालिकामा नेपाली कांग्रेस प्रत्येक नागरिकको घर आगमनमा पुग्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि डा.डिला संग्रौलाले बताएकी छिन् । साँगुरीगढीको भेडेटारमा आयोजना गरिएको १०० दिने विशेष अभियानको दोस्रो चरणको पालिका स्तरीय अन्र्तक्रिया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै सो कुरा वताएकी हुन् । केन्द्रिय सदस्य डा. संग्रौलाले कांग्रेस अहिले सवैको मियो भएर भरोसा र आशाको केन्द्रको रुपमा स्थापित भएको उनले बताइन् ।

सो अवसरमा जिल्ला सभापति दिनेश राईले कांग्रेसले जितेको यस साँगुरीगढी गाउँपालिकामा लोकप्रिय कार्यक्रमहरु जनताका पक्षमा गर्दै आइरहेको वताए । जिल्ला सचिव विजय सन्तोषी राईले १०० दिने विशेष अभियान कार्यक्रमको उद्देश्य र महत्वको वारेमा प्रकाश पारेका थिए । नेपाली कांग्रेस धनकुटा प्रदेश सभा क का क्षेत्रिय सभापति तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले निर्वाचित भएर अहिले सम्म पालिकाले गरेको विकासका योजनाहरू देखि अन्य विभिन्न कार्यहरुको वारेमा प्रस्तुत गरेका थिए ।

यसैगरी नेपाली कांग्रेस धनकुटका पूर्वसभापति जनकसेन लिम्बु, संविधान सभा सदस्य लिला सुब्बा, नेपाली कांग्रेस प्रदेश कार्य समितिका सदस्य नविनकिशोर शाक्य, नेपाली कांग्रेसका नेता कमट फागो, जिल्ला सदस्य हर्कमान चेम्जोङ, अमल राई, चन्द्र याक्खा, निर्वाचित जनप्रतिनिधिहरूको तर्फबाट पुजन लिम्बू, तरुण डिफेन्स फोर्स साँगुरीगढीका संयोजक दिपेन लिम्बु, भेडेटार होटल एशोसिसनका अध्यक्ष तुमराज लिम्बु लगायतले कांग्रेसका १०० दिने विशेष अभियानले नागरिकसंग कांग्रेस जोडिने वताए ।

नेपाली कांग्रेस साँगुरीगढी गाउँपालिका सभापति नेपालधन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वडा नं. ६ का वडाध्यक्ष दिपक मगरले र कार्यक्रमको संचालन सचिव आइत चेम्जोङले गरेका थिए । साथै उपाध्यक्ष मणी राईले कार्यक्रम वारे प्रकाश पारेका थिए ।

कार्यक्रममा जिल्ला पार्टीले वडा नं. १ का लागी खटाइएको प्रतिनिधि रमेश ईवाहाङ, सभापति भूपेन राई, वडा नं.२ का प्रतिनिधि मोहन वान्तवा, वडा सभापति राजेन्द्र इङनाम, वडा नं. ३ को प्रतिनिधि खड्ग लिम्बु, सभापती कृष्ण लिम्बु, वडा नं. ४ का प्रतिनिधि चन्द्र याक्खा, वडा नं. ५ का प्रतिनिधि यमप्रकाश मगर, वडा सभापति ओम प्रकाश लिम्बु, वडा नं. ६ का प्रतिनिधि प्रितिमान वान्तवा, वडा सभापति सन्तोष राई, वडा नं. ७ का प्रतिनिधि टेकप्रसाद लिम्बु, वडा सभापति देवेन्द्र राई, वडा नं. ८ का प्रतिनिधि मणी राई, वडा सभापती हरेन राई, वडा नं. ९ का प्रतिनिधि अमल राई, वडासभापति भूपाल राई, वडा नं. १० का प्रतिनिधि नगेन्द्र राई, निर्वाचित जनप्रतिनिधिहरू शान्तिमाया राई, कुमारी विक, पूर्ववडा सभापति विष्णु आचार्य, भिम थापा लगायतले १०० दिने विशेष अभियानले साँगुरीगढी कांग्रेसमा रुपान्तरण ल्याउने बताए ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका पूर्वसभापति हरिकुमार राई, जिल्ला सहसचिव श्रीराम रायमाझी, महासमिति सदस्यहरु सिता प्रधान, सुमना तिम्सिना, नेपाली कांग्रेस केन्द्रिय सूचना तथा प्रचार प्रसार समितिका सदस्य राजु मास्के, नेपाल तरुण दलका केन्द्रिय सदस्य तिलक महत, नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु अम्विका धमला, रुकमान तामाङ, राजेन्द्र खड्का, शुक्र लिम्बु, विष्णु राई, ईन्दिरा कटुवाल, पूर्वक्षेत्रिय सचिव गजेन्द्र फागु, छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, उपसभापति मणीकर्ण दाहाल, सचिव केशव चापागाई, वडा नं. ५ का सभापति ढकलसिंह लिम्बु, नेपाल शिक्षक संघ धनकुटाका सचिव रोहीणी पाण्डे, सदस्यहरू इश्वरी सुवेदी, सूर्यमान राई, नेपाल महिला संघ धनकुटाका सचिव संगिता चापागाई लगायत भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुले अन्र्तक्रिया तथा छलफल कार्यक्रममा सहभागी भई आआफ्नो धारणा राखेका थिए ।

१०० दिने विशेष अभियान कार्यक्रम अन्र्तगत अव नेपाली कांग्रेसले साँगुरीगढीको वडा–वडामा, टोल–टोलमा र घर–घरमा पुगेर नागरिकहरूसम्म पुगेर भेटघाट तथा छलफल गर्ने र घर आँगनमा पुगेर पार्टी सदस्यता वितरण गर्ने साँगुरीगढीका संयोजक जिल्ला पार्टी सचिव विजय सन्तोषी राईले वताए ।

साँगुरीगढीका संयोजक विजय सन्तोषी राई समन्वयकर्ता र साँगुरीगढी गाउँ पाटीको तर्फबाट सभापती नेपालधन राई, उपसभापति मणी राई, सचिव आइत लिम्बु र जनप्रतिनिधिहरूको तर्फबाट पालिका अध्यक्ष जितेन्द्र राई, वडा नं. २ का वडाध्यक्ष योगेन्द्र ईवाहाङ, वडा नं. ६ का वडाध्यक्ष दिपक मगर र बुद्धिजीविहरूको तर्फबाट तुमराज लिम्बु र कुलप्रसाद दाहाल रहेको साँगुरीगढी गाउँपालिका स्तरीय संयन्त्र समिति निर्माण गरिएको नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले बताए ।

 

 

images
images
हुलाकी पत्र
images
SKIP THIS