
धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ३ खुवाफोकका अत्यन्तै गरिव तथा असाहय शुकबहादुर याखाको खर (फुस) को छाना जीर्ण र पानी चुहिने भएपछि समाजसेवी विगेन्द्र याखाका पहलमा आर्थिक सहयोग जुटाएर २७ थान जस्तापाता वितरण गरिएको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्वअध्यक्ष विजय सन्तोषी राई, समाजसेवी विगेन्द्र याखा, नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्रबहादुर सुब्बा, नेपाल शिक्षक महासंघ धनकुटाका सचिव घनेन्द्र सुब्बाले एक समारोहका वीच आर्थिक सहयोग जुटाएर खरिद गरिएको जस्तापाता शुकवहादुर याखालाई हस्तान्तरण गरियो ।
खुवाफोकमा स्थानीय वासिन्दा समेत रहेका विगेन्द्र याखा शिक्षक पेशामा आवद्ध छन् । उनैको पहलमा विजय सन्तोषी राईबाट ४ थान, घनेन्द्र सुब्बाबाट २ थान, थिरेन्द्रबहादुर लिम्बु, पूर्ण देव याखा, कमलकुमारी लिम्बु, विगेन्द्र याखा, प्रेम वहादुर तुम्वाहाङ, हरिप्रसाद दाहाल, चन्द्र कुमार एवाई, रामचन्द्र अधिकारी, भोलनाथ भट्टराई, बुद्धिवहादुर याखा, कृष्णगोविन्द्र चेम्जोङ, हेमकर्ण दाहाल, पूर्ण याम्फु, ईश्वरीप्रसाद सुवेदी, बिनोद सुवेदी, जीवनाथ ढुंगाना, नगेन्द्र राई, रोशन भगत श्रेष्ठ वडा नं. ६, दिपेन्द्र राई, सर्मिला लिम्बु र मनकुमारी लिम्बुले एक/एक थान गरी जम्मा २७ थान जस्तापाता प्रदान गरिएको खुवाफोकका समाजसेवी खगेन्द्र याखाले वताए ।
नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रिय सदस्य समाजसेवी विगेन्द्र याखाको संयोजनमा शिक्षा, व्यापारी तथा व्यावसायी र सहयोगीहरूसँग कर्कट पाता संकलन गगरिएको थियो । याखाको घर जीर्ण भएकाले वर्षाको बेला छानाबाट पानी चुहिने समस्या थियो । याखाको आर्थिक अवस्था कमजोर भएको कारण सवैसँग सहयोग जुटाएर जस्तापाता हस्तान्तरण गरिएको विगेन्द्र याखाले वताए ।