
धनकुटा । कर दिवसको अवसरमा हिलेमा करदाता सेवा कार्यालय धनकुटाको आयोजना र मदिरा तथा थोक व्यावसायी संघ धनकुटा हिलेको समन्वय तथा व्यवस्थापनमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी टुुवराज पोखरेलले करले मुलुकलाई समृद्धि बनाउने वताए । प्रमुख जिल्ला अधिकारी पोखरेलले कर प्रणाली सरल र बैज्ञानिक हुनु पर्नेमा जोड दिए ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष, नेपाल प्रेस युनियनका निवर्तमान केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राईले दोहोरो र तेहोरो कर प्रणालीलाई हटाउनु पर्ने र व्यावसायी मैत्री कर हुनु पर्नेमा जोड दिए ।
धनकुटा नगरपालिका वडा नं. १ का वडाध्यक्ष वाङ्दा तामाङ, हिले बजार व्यवस्थापन समितिका अध्यक्ष तथा धनकुटा उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष लालचन्द्र गोङ्वा तामाङ, धनकुटा होटल एशोसिएनका अध्यक्ष खगेन्द्र विष्ट, नेपाल निर्माण व्यावसायी संघ धनकुटका वरिष्ठ उपाध्यक्ष यज्ञ राई, मदिरा तथा थोक व्यावसायी संघ धनकुटा हिलेका अध्यक्ष दिजेश शाक्य लगायतले शुभ कामना व्यक्त गरेका थिए ।
करदाता सेवा कार्यालय धनकुटाका प्रमुख सुर्दशन अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन करदाता सेवा कार्यालय धनकुटका अनुजा पराजुलीले गरेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरी, सशस्त्र प्रहरी बल छिन्तागदेवी ६ नम्वर गुल्म धनकुटाका डिएसपी मदननाथ, धनकुटा उद्योग बाणिज्य संघका पूर्वसचिव भूपेन्द्र कटुवाल, नेपाल निर्माण व्यावसायी संघ धनकुटाका कोषाध्यक्ष रमेश वस्नेत, नेपाल प्रेस युनियन कोशी प्रदेशका कोषाध्यक्ष कविराज घिमिरे, प्रेस सेन्टर धनकुटाका सचिव विपिन दाहाल, व्यवसायीहरू शान्ति खड्का, धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य नगेन्द्र काफ्ले, फुर्वा तामाङ लगायतका व्यावसायी तथा व्यापारी र उद्योगीहरुले कर दिवसको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए ।