images
images

मुखमा पेन्सिल च्यापेर चित्र कोर्छन्, ओठ र चिउडोले ट्याव चलाउँछन् (भिडियोसहित)

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ८ मा लुखा गाउँका आशिष राई उमेरले २२ वर्ष पुगेका छन् । उनी शारिरीक रूपमा अशक्त छन् ।  बोल्न सक्दैनन्, उनको हातखुट्टा चल्दैनन् । तर, गजबका चित्र बनाउँछन् भन्दा पत्याउनुहुन्न होला ? तर, सत्य यही हो ।

बाल्यकालदेखि नै शारीरिक अशक्तता भए तापनि उनले कला र सिर्जनशीलतामा विशेष पहिचान बनाएका छन् । अचेल उनी चित्रकारका रूपमा परिचित छन् । मुखमा पेन्सिल राखेर चित्र कोर्छन् । उनले बनाएका चित्रहरू सुन्दर र आकर्षक छन् । ओठ र चिउडोको सहाराले ट्याब चलाउँछन् । आफूलाई मनपर्ने गीतहरू सुन्छन् । फेसबुक र युट्युब एकाउन्ट खोलेका छन् ।  आफ्नो केही कुरा भन्न र बोल्न सक्दैनन् । तर, उनले फेसबुक च्याटको माध्यमबाट साथीभाइहरूसँग कुराकानी गर्छन् । सामाजिक सञ्जालमा चित्रहरू पोस्ट गरेर आफ्नो सिर्जना अरूलाई देखाउँछन् । अरूले बोलेको कुरा सुन्न र बुझ्न सक्छन् ।

चित्र बनाउन थालेको उनले एक वर्ष मात्रै भएको छ । कापिका पानै पिच्छे विभिन्न आकृतिका चित्र कोरेका छन् । हिमाल, पहाड, तराई, विभिन्न जनावर, फूलहरूका चित्र बनाएका छन्  । दुईतले घरको माथिल्लो तलामा आशिष बस्छन् । कोठाभन्दा बाहिर उनी निस्किन सक्दैनन् । खाना खान तथा दिसा पिसाब गर्न अरूको सहयोग चाहिन्छ ।

आशिषका परिवारमा पाँच जना सदस्य छन् । उनी घरको जेठो छोरा हुन् । बुवाआमा र दुई जना भाइ र बहिनी छन् । परिवारको आर्थिक अवस्था कमजोर भएपनि उनी आफ्नो कलाबाट खुसी देखिन्छन् । उनका वुवा आमाले खेतीपाती र वाख्रापालन गरेर घरखर्च चलाइरहेका छन् । नागरिकता बनाउन समस्या भएपनि गाउँपालिकाले सहयोगको पहल गरिरहेको छ । आशिषले सबैलाई प्रेरणा दिएको छन्, कोशिस गर्यो भने, मान्छेले जे पनि गर्न सक्छ ।  यो कथा तपाईलाई जीवनको प्रत्येष्श क्षणमा अठोट गर्न र आशावादी वन्न प्रेरित गर्नेछ ।

images
images
हुलाकी पत्र
images
SKIP THIS