images
images

धनकुटामा नेपाली कांग्रेस र एमाले दुई दलीय संयन्त्रको बैठक सम्पन्न

धनकुटा । धनकुटामा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय संयन्त्रको पहिलो बैठक वसी विभिन्न निर्णयहरु गरेको छ । नेकपा एमाले धनकुटाका इञ्र्चाज तथा केन्द्रिय सदस्य राजेन्द्र राईको अध्यक्षतामा एमाले धनकुटाको पार्टी कार्यालयमा सम्पन्न दुई दलिय संयन्त्रको पहिलो बैठकमा सहभागी दुबै पाटीका नेताहरुले दुई दलिय संयन्त्रलाई धनकुटा जिल्लामा प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने वताएका छन् ।

बैठकमा नेपाली कांग्रेस धनकुटाको तर्फबाट जिल्ला सभापति दिनेश राई, उपसभापति सुनिलकुमार डंगोल, सचिव विजय सन्तोषी राई र नेकपा एमालेको तर्फबाट जिल्ला इञ्र्चाज तथा केन्द्रिय सदस्य राजेन्द्र राई, जिल्ला अध्यक्ष शिव आङ्ला, उपसभापति तथा धनकुटा नगरप्रमुख चिन्तन तामाङ, सचिव पर्शुराम नेपाल र सहसचिव नैन विश्वकर्मा रहेका छन् ।

धनकुटा जिल्लामा विकास निर्माण लगायत जनसरोकारका विषयहरुमा दुवै दलहरुले साझा धारणा बनाएर अगाडी बढ्ने, संघिय र प्रदेश सकार तथा स्थानीय सरकारहरुले गरेको लोकप्रिय कार्यक्रमहरको वारेमा जनस्तरसम्म पुर्याउन र जिल्लाका सवै तहहरुमा काम गर्ने क्रममा असहमति भएमा सहमति कायम गरी अगाडी बढ्ने लगायतका निर्णयहरु भएको र आगामी दिनमा आवश्यक्ता अनुसार बैठक वस्दै जाने समेत सहमति भएको छ ।

नेपाली कांग्रेस धनकुटा र नेकपा एमाले धनकुटाका प्रमुखहरुले आलो पालो संयन्त्रको बैठकको अध्यक्षता गर्ने समेत भएका छन् ।

दुई दलीय संयन्त्रको केन्द्रीयस्तरमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेसको तर्फबाट पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रिय सदस्य गृहमन्त्री रमेश लेखक, केन्द्रिय सदस्य तथा परराष्टमन्त्री आरजु देउवा र नेकपा एमालेको तर्फबाट उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, उपमहासचिव विष्णु रिमाल रहेका छन् । केन्द्र, प्रदेश र जिल्लाको संयन्त्रको संयोजक दुवै पार्टीका अध्यक्ष तथा सभापतिहरूले आलोपालो गर्ने सहमति भएको छ ।

 

images
images
हुलाकी पत्र
images
SKIP THIS