धनकुटा । धनकुटा उद्योग वाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठको पिता तथा धनकुटा उद्योग वाणिज्य संघका अभिभावक स्वर्गीय विरेन्द कुमार श्रेष्ठको ५ औ पुण्य दिनमा धनकुटाको विचबजारमा श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।
सो अवसरमा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ, पूर्वअध्यक्ष लालचन्द्र गोङवा तामाङ, उपाध्यक्ष खगेन्द्र विष्ट, महिला उपाध्यक्ष निर्मला श्रेष्ठ, कार्यावाहक महासचिव श्रीराम रायमाझी, कार्यकारी सदस्यहरू रेवतीप्रसाद अधिकारी, दिजेश शाक्य, अम्विका धमला, सुनिता थापा, शोभा श्रेष्ठ, नविन श्रेष्ठ, राम घिसिङ, देवबहादुर विश्वकर्मा, रिदम श्रेष्ठ, उज्वल श्रेष्ठ, व्यावसायी फुर्वा तामाङ लगायतले धनकुटा उद्योग बाणिज्य संघका अभिभावक स्वर्गीय विरेन्द्रकुमार श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना पत्र प्रदान गरेका थिए ।
व्यवसायी टिका कुमारी श्रेष्ठकी श्रीमान् र धनकुटा उद्योग वाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठ र धनकुटाका व्यावसायीहरू सागर श्रेष्ठ, रिकेश श्रेष्ठ र संगम श्रेष्ठ र छोरी ममता श्रेष्ठकी पिता धनकुटा उद्योग वाणिज्य संघका अभिभावक विरेन्द्रकुमार श्रेष्ठको ८० बर्षको उमेरमा पाँच दिनअघि असामयिक निधन भएको थियो ।









