images
images

शान्ति सुरक्षा तथा सुशासन कायम राख्न राजनीतिक दलसँग सहकार्य गर्ने धनकुटाका प्रजिअ पोखरेलको प्रतिवद्धता

धनकुटा । धनकुटा जिल्लामा सवैसँग सहकार्य गर्दै सवैको सहयोगबाट शान्ति सुरक्षा कायम गर्ने कुरा धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सर्वदलीय बैठकमा बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनकुटामा सम्पन्न सर्वदलीय बैठकमा धनकुटाका राजनैतिक दलहरुका नेताहरुसँग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले धनकुटाका नागरिकहरुलाई सुशासनको प्रत्यक्ष रूपमा अनुभुति दिने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले नागरिकहरूलाई छिटो, छरितो र प्रभावकारी ढंगले धनकुटाका सवै सरकारी कार्यालयहरुबाट सेवा प्रदान गर्न सहजीकरण गर्ने वताए । प्रमुख जिल्ला अधिकारी पोखरेलले धनकुटामा बढ्दै गएको लागुऔषध र आत्महत्याको घट्नालाई नियन्त्रण गर्न विशेष योजनाका साथ सवैको सहयोग लिएर अगाडी बढ्ने वताए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, राष्ट्रिय अनुसन्धान शाखा कार्यालय धनकुटका प्रमुख रुद्र गुर्वाछाने लगायतका सुरक्षा निकायका प्रमुखहरूले समेत धनकुटाका शान्ति सुरक्षा र सुशासन कायम गर्न सवैको सहयोग आवश्यक हुने वताए ।

उक्त सर्वदलिय बैठकमा नेपाली कांग्रेस धनकुटको तर्फबाट सभापति दिनेश राई, सचिव विजय सन्तोषी राई, नेकपा एमाले धनकुटाको तर्फबाट अध्यक्ष शिव आङ्ला, नेकपा माओवादी केन्द्र धनकुटाका सचिव ओम प्रकाश निरौला, राप्रपाका जिल्ला उपाध्यक्ष टिकाप्रसाद घिमिरे, जनता समाजवादी पार्टी नेपाल धनकुटाका अध्यक्ष पार्वती राई, जनता समाजवादी पार्टी धनकुटाका अध्यक्ष मनकला लिम्बु, मंगल नेशनल अग्रनाइजेशन (एमनओ) धनकुटाका अध्यक्ष शेरवहादुर मगर लगायतले धनकुटाका नागरिकहरूलाई सुशासन दिनका लागी सहयोग गर्ने वताए ।

राजनैतिक दतका नेताहरूले धनकुटाको राजनैतिक, समाजिक अवस्थाको वारेमा प्रमुख जिल्ला अधिकारी पोखरेललाई जानकारी दिदै धनकुटामा शान्ति सुरक्षा कार्य गर्न र धनकुटाका समस्याहरु समाधान गर्न सवैसँग सहकार्य गर्न आग्रह गरे ।

images
images
हुलाकी पत्र
images
SKIP THIS