
धनकुटा । नेपाली कांग्रेस धनकुटाले धनकुटा नगरपालिका वडा नं. १० पारिपाल्लेमा कांग्रेस अभिभावक जेष्ठ सदस्य स्वर्गीय भवानीप्रसाद दाहालको ७ औं पुण्यदिनमा श्रद्धाञ्जली सभा कार्यक्रम गर्दै परिवारजनमा समवेदना पत्र प्रदान गरेको छ ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, सचिव विजयसन्तोषी राई, जिल्ला तथा १० नं. वडाका वडाध्यक्ष नगेन्द्र पाण्डे, जिल्ला सदस्यहरू मिनवहादुर कार्की, भक्त थापा, क्षेत्रीय सदस्य देवेन्द्र चाम्लिङ, वडा सभापति अमर खनाल, नगर कार्य समिति सदस्यहरू देवेन्द्र राई, राजेन्द्र राई, वडा सदस्यहरु चन्द्रमाया विक, बमबहादुर दाहाल, बलबहादुर थापा, विमला विष्ट कार्की, नारायण भण्डारी, टेकबहादुर श्रेष्ठ, नेपाल शिक्षक संघका भीम खनाल लगायतले धनकुटा कांग्रेस अभिभावक स्वर्गीय भवानीप्रसाद दाहालप्रति श्रद्धाञ्जली अर्पण गरी परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।
धनकुटा कांग्रेसका अभिभावक समाजसेवी ज्येष्ठ सदस्य भावनी प्रसाद दाहालको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको जिल्ला सचिव विजय सन्तोषी राईले वताए । जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरू नगेन्द्र पाण्डे, भक्त थापा, मिनबहादुर कार्की, क्षेत्रिय सभापति जितेन्द्र राई, धनकुटा नगर कार्य समितिका कार्यवाहक सभापति अभिषेक कर्माचार्य, वडा सभापति अमर खनालले हस्ताक्षर गर्नु भएको समवेदना पत्र स्वर्गीय दाहालको परिवारजनलाई प्रदान गरिएको थियो ।
धनकुटा नगरपालिका वडा नं. १० वडा कार्यालयको तर्फबाट समेत सो अवसरमा वडाध्यक्ष नगेन्द्र पाण्डे, वडा सदस्यहरू राजेन्द्र राई, चन्द्र माया विक लगायतले स्वर्गीय भावनीप्रसाद दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना पत्र प्रदान गरेका थिए ।