images
images

वडा सम्मेलनबाट धनकुटा ६ नं. वडामा उपसभापति र सचिव चयन

धनकुटा । नेपाली कांग्रेसको १०० दिने अभियान अन्र्तगत धनकुटा नगरपालिका वडा नं. ६ को नेपाली कांग्रेसको वडा सम्मेलनबाट रिक्त उपसभापति र सचिव चयन गरिएको छ ।

उक्त वडा सम्मेलनमा संविधानसभा सदस्य महासमिति सदस्य लिला सुब्बा, प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्य, जिल्ला उपसभापति सुनिल कुमार डंगोल, जिल्ला सचिव विजय सनतोषी राई, महासमिति सदस्य सिता श्रेष्ठ प्रधान, जिल्ला सदस्य पुरेन्द्रलाल श्रेष्ठ, क्षेत्रीय उपसभापति तथा वडाध्यक्ष मिलन खड्गी, नगरसभापति नरेश श्रेष्ठ, नेपाल किसान महासंघ धनकुटाका अध्यक्ष दिलकुमार राई, पूर्ववडा सभापति दोधराज वास्तोला लगायतले नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले वडा नं. ६ मा उत्कृष्ट कार्यहरु गर्दै आएको वताएका थिए । अव बिकासको मोडल परिर्वतन गर्नुपर्नेमा समेत वत्ताहरूको जोड थियो ।

नेपाली कांग्रेस धनकुटा नगर वडा नं. ६ का कार्यवाहक सभापति महेश पराजुलीको अध्यक्षतामा सम्पन्न भएको वडा सम्मेलनमा स्वागत मन्तव्य निर्वाचित वडा सदस्य पुरुषोत्तम अर्यालले र संचालन सचिव अनिता लुईटेलले गरेका थिए ।
उक्त वडा सम्मेलनबाट केही समयअघि वडा कार्य समितिका उपसभापति भक्त वस्नेतको निधन भई रिक्त रहेको उपसभापति पदमा अनिता लुइटेल र सचिवमा रमा दाहाललाई चयन गरिएको छ ।

यसैगरी वडा संयन्त्रमा पार्टीको तर्फबाट अनिता लुईटेल, रमा दाहाल, जितेन्द्र राई र जनप्रतिनिधिको तर्फबाट वडाध्यक्ष मिलन खड्गी, सदस्यहरू कुसुम जोशी श्रेष्ठ,पुरुषोत्तम अर्याल र बुद्धीजिवीहरुको तर्फबाट जिवन श्रेष्ठ र उद्धव बाग्ले रहेका छन् ।

सो अवसरमा पूर्व सभापती धन केशर खड्का,नेपाल महिला संघ धनकुटाका सचिव संगिता चापागार्इं, नेपाली कांग्रेसका वडा सचिव रमेश शाक्य, धन आठपहरिया, गोकुल लुर्इंटेल, नेपाल तरुण दल धनकुटा नगरका अध्यक्ष महेन्द्र राई लगायतले समेत आ–आफ्नो धारणा राख्दै कांग्रेसलाई अव अझ शसक्त ढंगले अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए । नेपाल कांग्रेसको १०० दिने विशेष अभियान अन्र्तगत धनकुटा नगरपालिका वडा नं. ६ मा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

 

images
images
हुलाकी पत्र
images
SKIP THIS