
धनकुटा । नेपाल पत्रकार महासंघले लामो समयदेखि निरन्तर रूपमा प्रेस स्वतन्त्रता र महासंघको संस्थागत विकासका लागी महत्वपूर्ण योगदान दिदै क्रियाशील रहेका नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पूर्वअध्यक्ष तथा सल्लाहकार विजयसन्तोषी राईलाई मानार्थ सदस्यता प्रदान गरिएको छ । एक कार्यक्रमका वीच पूर्वअध्यक्ष राईलाई मानार्थ सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्य समितिको गत मंसिर १८ गतेको बैठकले धनकुटा शाखाका पूर्वअध्यक्ष विजय सन्तोषी राईलाई विगत ३२ वर्षदेखि निरन्तर रुपमा प्रेस स्वतन्त्रता र नेपाल पत्रकार महासंघको संस्थागत विकासका लागी अविचलित रुपमा क्रियाशील रहेकाले मानार्थ सदस्यता दिने निर्णय गरी केन्द्रिय कार्यवाहक अध्यक्ष बाला अधिकारीले हस्ताक्षर गरी केन्द्रिय कार्यालयबाट प्राप्त मानार्थ सदस्यताको प्रमाण पत्र नेपाल पत्रकार महासंघ धनकुटा शाखाले विशेष कार्यक्रमको आयोजना गरि प्रदान गरेको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयबाट प्राप्त मानार्थ सदस्यताको प्रमाण पत्र केन्द्रिय सदस्य सरिता वराईली, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका नवनिर्वाचित अध्यक्ष विदुर खवास, निर्वाचन समितिका संयोजक अधिवक्ता ठगिनकुमार राई, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका पूर्वअध्यक्षहरू राजेश्वरवहादुर श्रेष्ठ, खगेन्द्र प्रसाद घिमिरे, पूर्वप्रदेश समितिका सदस्य सन्तोष रुचाल, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका उपाध्यक्ष रविन कटेल, महिला उपाध्यक्ष सर्मिला राई, सचिव हरिबहादुर लम्जेल, सहसचिवद्वय ईश्वर थापा, विश्वराज श्रेष्ठ, कोषाध्यक्ष नारायण कुमार राई लगायतका पत्रकारहरुले संयुक्त रुपमा पूर्वअध्यक्ष विजयसन्तोषी राईलाई सम्मान गरी प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासंघले पहिलो पटक मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरी प्राप्त गरेका पूर्वअध्यक्ष बिजय सन्तोषी राई २०४९ सालमा धनकुटा शाखा स्थापना गर्दा संस्थापक सदस्य, केन्द्रिय परिषद् सदस्य निर्वाचित भई २०६१ देखि २०६७ सालसम्म दुई कार्यकाल धनकुटा शाखाको अध्यक्षमा निर्वाचित भई सफलतापूर्वक कार्य गरेका थिए । त्यसपछि पटक–पटक केन्द्रिय परिषद् सदस्यमा निर्वाचित भएका र नेपाल प्रेस युनियनको पनि धनकुटा शाखाको संस्थापक सदस्य हुँदै शाखाको सचिव र केन्द्रिय सदस्य, केन्द्रिय उपमहासचिव र केन्द्रिय उपाध्यक्षमा समेत निर्वाचित भई जिम्मेवारी सम्हालेका थिए ।
नेपाल पत्रकार महासंघ धनकुटा शाखाको भवन उनकै कार्यकालमा निर्माण गरी संस्थागत विकासमा समेत महत्वपर्ण योगदान दिएका थिए । प्रेस स्वतन्त्रताको आन्दोलनमा २०६२÷६३ सालको जनआन्दोलनमा प्रहरीको कुटाईबाट घाइते भई प्रहरीको नियन्त्रणमा समेत परेका थिए ।
पत्रकारहरूको पेशागत तथा भौतिक सुरक्षाका लागी समेत महत्वपूर्ण योगदान दिएका पूर्वअध्यक्ष राईले पत्रकार कल्याण कोष स्थापना गर्न महत्वपूर्ण सहयोग र पत्रकारहरूलाई पुरस्कार दिने व्यवस्था गर्नुका साथै स्थानीय स्तरका पत्र पत्रिकाहरुको लागी समेत स्थानीय स्तरमानै लोककल्याणकारी विज्ञापन दिने व्यवस्था गरी आर्थिक सहयोग प्रदान गर्ने व्यवस्था र पत्रकारहरूका लागी स्वास्थ्य विमा गर्ने र नोवेल अस्पतालमा पत्रकारहरूलाई छुटको व्यवस्था गर्ने समेत कार्यको समेत प्रारम्भ गरेको नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सचिव हरिवहादुर लम्जेलले बताए ।
प्रेस स्वतन्त्रता र नेपाल पत्रकार महासंघको संस्थागत विकासका साथै पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षका लागी महत्वपूर्ण योगदान पु¥याउदै आएका पूर्वअध्यक्ष विजयसन्तोषी राईलाई धनकुटा शाखाले पटक–पटक सम्मान गरिसकेको र यिनै योगदानहरूको उच्च कदर गर्दै नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले पहिलो पटक उनलाई मानार्थ सदस्यता प्रदान गरेको नेपाल पत्रकार महासंघ धनकुटाले शाखाले जनाएको छ ।