धनकुटा । धनकुटा नगरपालिका वडा नं. ३ कागतेचोकमा ११ दिने सुन्तला एभोकाडो तथा फलफुल महोत्सव शुरु भएको छ ।
धनकुटा नगरपालिका नगर प्रमुख चिन्तन तामाङले भव्य समारोहका विच महोत्सवको उद्घाटन गर्दै फलफुल खेती मार्फत धनकुटा नगरलाई समृद्ध नगर बनाउने बताए । नगर क्षेत्र सुन्तला र एभोकाडो सहित फलफुल उत्पादनका लागि उर्वराभूमि भएकाले नगरपालिकाले फलफुल खेतीका लागी विशेष योजना संचालन गरिरहेको वताए ।
धनकुटा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले फलफुल खेती समृद्धिसँग जोडिएकाले वडाले समेत विशेष योजनाका लागी कृषकहरुलाई फलफुल खेती तर्फ लाग्ने उत्पेरणा दिइरहेको वताए ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले यस प्रकारको महोत्सव तथा उत्सवले फलफुलहरूको बजारीकरण भई बजार प्रवद्र्धन भएको वताउँदै कृषिजन्य उद्योगबाट मुलुकलाई चाडै समृद्धि बनाउन सक्ने समेत विचार व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, धनकुटा नगर कार्यपालिका सदस्य मञ्जु कार्की, श्री भाषा माविका प्रधानाध्यापक गोविन्द राई, राष्ट्रिय सुन्तलाजात अनुसन्धान केन्द्र पारिपाल्ले धनकुटाका कुमार कोइराला, यूवा समाजसेवी लक्ष्मण घिमिरे लगायतले धनकुटा नगर फलफुल खेतीका लागी उपयुक्त भएकाले सवै कृषकहरुलाई फलफुल खेती तर्फ आर्कषित गरी धनकुटा नगरलाई फलफूल खेती मार्फत धनी बनाउनु पर्नेमा जोड दिएका थिए ।
समृद्धि यूवा क्लव धनकुटा नगरपालिका वडा न.ं ३ का अध्यक्ष मोहन खान ठकुरीको अध्यक्षतामा सम्पन्न भएको महोत्सव उद्घाटन कार्यक्रममा उपाध्यक्ष करुण गुरागाईले स्वागत मन्तव्य र कार्यक्रमको संचालन सचिव लोकेन्द्र पराजुलीले गरेका थिए ।
सो अवसरमा समाजसेवी बासुदेव भण्डारी, वडा नं. ३ का निर्वाचित वडा सदस्यहरू चक्र राई, शान्तिराम मिश्र, बिष्णु रसाइली, अगुवा कृषकहरू जितेन्द्र राई, ईन्द्र राई, मिन कार्की, गोकुल राई, बिनोद लिम्बु, कमला ठकुरी, सविन श्रेष्ठ, उद्यमी गोपाल विक, पत्रकार गोपाल बराइली, समाजसेवी अनिष राई लगायत विभिन्न टोल विकास संस्थाका अध्यक्षहरुको सहभागीता रहेको थियो ।
धनकुटाको कागते चोकमा संचालन भइरहेको महोत्सवमा सुन्तला, एभोकाडो लगायत विभिन्न फलफुलहरुको स्टल लगायत खानाका परिकारहरू र बालबालिकाहरुका लागी बालउद्यान, रोटेपिङ लगायतका रमाइलो खेलहरू राखिएका छन् । हरेक दिन साँस्कृतिक कार्यक्रमहरूमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बजोड प्रस्तुत समेत रहने क्लवका उपाध्यक्ष करुण गुरागाईले वताए ।








