
विपिन दाहाल
धनकुटा । संघीय सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोशिमा कार्कीले बुधबार धनकुटा जिल्ला अस्पतालको अवलोकन भ्रमण गरेकी
छिन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समेत रहेकी पूर्वराज्य मन्त्री कार्कीले अस्पताल प्रमुख डा. अमिताभ ठाकुरसँग अस्पतालको वर्तमान अवस्थाबारे जानकारी लिएकी थिइन् । अस्पताल प्रमुख डा. ठाकुरले दरबन्दी, रक्त सञ्चार केन्द्र र स्वास्थ्य बीमाको हालको स्थितिबारे जानकारी गराएका थिए ।
पूर्वराज्यमन्त्री कार्कीले स्वास्थ्य बिमा कार्यक्रमबाट कुनै पनि नागरिक वञ्चित हुन नपाउने गरी सेवा प्रवाह गर्न अस्पताल प्रशासनलाई सुझाव दिएकी थिइन् ।
भ्रमणकै क्रममा पूर्वराज्यमन्त्री कार्कीले अस्पतालमा उपचाररत बिरामीहरूसँग भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् । साथै उनले बिरामीहरूको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्। यस भ्रमणले धनकुटा जिल्ला अस्पतालको सेवा सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।