images
images

साँगुरीगढी गाउँपालिकामा नौं सयभन्दा बढीको निःशुल्क आँखा परिक्षण, ५६ जनामा मोतिविन्दु

धनकुटा । साँगुरीगढी गाउँपालिकाले सवै वडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । सवै वडामा गरिएको शिविरमा ९ सय ११ जनाले आँखा परिक्षण गरेका थिए । जसमध्ये ५६ जनामा मोतीबिन्दु रोग पत्ता लागेको छ ।

साँगुरीगढी गाउँपालिकाको आयोजना तथा इटहरी स्थित नवदृष्टि आई हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको थियो । गतपुस २ देखि ८ गतेसम्म गाउँपालिका भरिका विभिन्न वडाका ८ स्वास्थ्य संस्थामा शिविरको आयोजना गरिएको थियो ।

आहाले स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा १ सय ५३ जनाले आँखाको परिक्षण गर्दा ३ जनामा मोतिविन्दु रोग देखिएको
थियो । त्यस्तै खुडी स्वास्थ्य चौकीमा २ सय जनामध्ये १२ जना, गोलखाडी स्वास्थ्य चौकीमा ७५ जनामध्ये ९ जना, वुढिमोरङ स्वास्थ्य चौकीमा १ सय १३ जनामध्ये ९ जना, खुवाफोक स्वास्थ्य चौकीमा १ सय ८० जनामध्ये १२ जना, फाक्सिव स्वास्थ्य चौकीमा १ सय जनामध्ये ५ जना, डाँडाबजार स्वास्थ्य चौकीमा ९० जनामध्ये ६ जना मोतिविन्दु रोग देखिएको गाउँपालिकाका सिविआरफ सुरेन्द्र राईले बताए ।

मोतिविन्दु रोग पत्ता लागेका विरामी मध्ये अधिकांश ज्येष्ठ नागरिक छन् । उनीहरुको इटहरीस्थित नवदृष्टि आई हस्पिटलमा निःशुल्क शल्यक्रिया गरिनेछ । गाउँपालिकाले गतवर्ष पनि सो हस्पिटलसँगको सहकार्यमा निःशुल्क आँखा परिक्षण शिविरको आयोजना गरेको थियो । आँखा परिक्षणमा आएका विरामीहरुलाई विशेष छुटमा चस्मा र औषधी प्रदान गरिएको थियो । गाउँपालिका भरिका अधिकांश भूभाग विकट छन् । जसको कारण शिविरको आयोजना गरिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । शिविर प्रभावकारी रुपमा संचालन भएको कारण आगामी दिनमा निरन्तरता दिने उनले बताए ।

 

images
images
हुलाकी पत्र
images
SKIP THIS