images
images

अंग्रेजी नयाँ वर्षको अवसर पारेर भेडेटारमा आगामी पुस १६ गतेदेखि खाना महोत्सव हुँदै

धनकुटा । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसर पारेर भेडेटारमा आगामी पुस १६ गतेदेखि खाना महोत्सव हुने भएको छ । होटल एशोसिशएन अफ भेडेटारको आयोजनामा पुस १६ देखि १८ गतेसम्म महोत्सव हुन लागेको हाे । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य लिइएको छ । पूर्व आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुने गरेको र नयाँ बर्षमा भारतीयहरुको बिदा हुने भएकाले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित गर्न महोत्सवको आयोजना गरिएको आयोजक भेडेटार होटल एशाेसिएशनका तुमराज लिम्बूले बताए । महोत्वमा करिब २ करोड बरावरको आर्थिक कारोवार लक्ष्य राखिएको छ । महोत्सवमा विभिन्न जातिका जातिय परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन लगायत २५ वटा स्टलहरु राखिने छ। आगन्तुक पर्यटकका लागि पहिलो दिन पाथिभरा मन्दिर दर्शन, साँगुरीगढी अवलोकन, स्काई व्रीज भ्रमण, नमस्ते झरना भ्रमण र भेडेटार वा नाम्जेमा बास र खानाको गरि २ हजार ५ सय रुपैयाँ प्रति व्यक्तिको प्याकेज र दोस्रो दिन पनि २ हजार ५ सय रुपैयाँ प्रति व्यक्तिको दरले ध्वजेडाँडा सुर्योदय अवलोकन, एसियाको दोस्रो ठुलो अजङ्गको वरको रुख भ्रमण, राजारानी तालको अवलोकन र वस्नको लागी नाम्जे वा डाडाँवजार होम स्टे र खानाको प्याकेज बनाइएको छ।

यस्तै तेस्रो दिन प्रति व्यक्ति ४ हजार रुपैयाका दरले तमोर रिभर राफ्टीङ्ग, भेडेटार बास र खानाको प्याकेज र प्रति व्यक्ति ८ हजार रुपैयाका दरले प्याराग्लाइडिङ, भेडेटार बास र खानाको प्याकेज बनाइएको आयोजक समितिका सचिव रमेश श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा पर्यटकहरुले स्थानीय जातीय परम्परागत खानेकुराहरुको स्वाद लिन हेर्न बुझ्न पाउने, भेडेटारका पर्यटकीय स्थलहरु घुम्ने र मनोरञ्जन लिन सक्ने, साना तथा ठुला होटल व्यावसाय फस्टाउने र पर्यटकहरुको आगमन वढ्ने र भेडेटारमा लगानीको अवसरहरु सृजना हुने आयोजकको लक्ष्य रहेको छ।

महोत्सवमा सहआयोजकमा प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार, भेडेटार आमा समुह नागरिक समाज रहेको छ । मुख्य सहयोगी साँगुरीगढी गाउँपालिका, सहयोगी संस्थाको रुपमा छथरजोरपाटी, चौविसे र सहिदभुमि गाउँपालिका तथा धनकुटा, महालक्ष्मी, पाख्रिबास नगरपालिका र सुनसरीको धरान उपमहानगरपालिका, रिडि नाम्जे इको रिसोर्ट रहेको छ ।

३१ लाख ५० हजार रुपैँया बराबरको खर्च हुने आयोजकको अनुमान छ। यो पटक हुन लागेको महोत्सव बाह्राै संस्करणको हो । २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेष्टिबल कोभिड १९ का कारण २०७७ सालमा सञ्चालन हुन सकेको थिएन ।

images
images
हुलाकी पत्र
images
SKIP THIS