images
images

मदिरा तथा थोक व्यवसायी संघ धनकुटाको अध्यक्षमा दिजेश शाक्य निर्वाचित

धनकुटा । मदिरा तथा थोक व्यवसायी संघ धनकुटाको भेडेटारमा सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले दिजेश शाक्यको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पा, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै मदिरा व्यवसायीहरुले सवैभन्दा वढी सरकारलाई राजश्व बुझाउदै आएको वताएका थिए । सो अवसरमा सरकारले समेत मदिरा व्यवसायीहरूलाई करका नीतिका वारेमा सहजीकरण गर्नु पर्नेमा जोड दिएका थिए ।

सो अवसरमा साँगुरीगढी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष खड्ग लिम्बु, ६ ६ नं. वडाध्यक्ष दिपक मगर, भेडेटार होटल एशोसिएसनका अध्यक्ष तुमराज लिम्बु, नेपाल मदिरा व्यवसायी महासंघका सचिव, कोषाध्यक्ष, केन्द्रिय सदस्यहरु, प्रदेश अध्यक्ष, धरानका अध्यक्ष लगायतले समेत शुभकामना व्यक्त गरेका थिए ।

मदिरा तथा थोक व्यवसायी संघ धनकुटाको प्रथम अधिवेशन तथा साधारण सभाबाट समितिको उपाध्यक्षमा मदन खुलाल, महासचिवमा उत्सव कटेल, सचिव निरज श्रेष्ठ, कोषाध्यक्ष जनक पाण्डे र सदस्यहरूमा दिपक प्रधान, प्रकाश तामाङ, वेदबहादुर राना, नगेन्द्र वस्नेतलाई निर्वाचित गरेको छ ।

यसैगरी समितिको सल्लाकारहरूमा विजय सन्तोषी राई, उमेश घिमिरे, लालचन्द्र गोङ्वा, रुकमान तामाङ र मनकुमारी तितुङलाई चयन गरेको छ । सो अवसरमा मदिरा तथा थोक व्यवसायी संघ धनकुटाको तर्फबाट खुकुरी रम दि डिस्टीलरीका बजार प्रतिनिधि तुलसी अधिकारीलाई सम्मान गरिएको थियो ।

images
images
हुलाकी पत्र
images
SKIP THIS