धनकुटा । धनकुटा उद्योग वाणिज्य संघले वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ (तारा)का बुबा कुलवहादुर तितुङको १४ औ पुण्यतिथिमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको छ ।
धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, उपाध्यक्ष निर्मला राई श्रेष्ठ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरू दिजेश शाक्य, अम्विका धमला, शोभा श्रेष्ठ, सुनिता थापा, लिजा श्रेष्ठ, रेवतीप्रसाद अधिकारी, नविन श्रेष्ठ, राम घिसिङ, रिदम श्रेष्ठ, उज्वल कर्माचार्य लगायतले स्वर्गीय कुलवहादुर तितुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै संघको तर्फबाट परिवारजनमा समवेदना पत्र हस्तान्तरण गरिएको थियो l
यसैगरी धनकुटा मदिरा तथा थोक व्यवासयी संघका अध्यक्ष दिजेश शाक्य, सचिव निरज श्रेष्ठ, कार्यकारी सदस्य कुमार तामाङ, राजेश खड्कालगातले पनि मदिरा व्यवसायी संघको तर्फबाट स्वर्गीय तितुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना पत्र प्रदान गरेको थियो ।
अन्तरपार्टी महिला सञ्जाल धनकुटाको तर्फबाट संविधानसभा सदस्य तथा पूर्वप्रदेश सभा सदस्य लिला सुब्बा, अन्तरपार्टी महिला सञ्जाल धनकुटाका अध्यक्ष अम्विकादेवी धमला, पूर्वअध्यक्ष पार्वती राई, सचिव सर्मिला राई, कार्य समिति सदस्यहरू सुमना तिम्सिना, बिष्णुमाया कन्दङवा, छथरजोरपाटी गाउँपालिका उपाध्यक्ष तथा सञ्जालका सदस्य गिता खेवा गुरुङ, मिना राई, भिम माया लिम्बु, नेपाल महिला संघ धनकुटाका सचिव संगिता चापागाई लगायतले स्वर्गीय कुलबहादुर तितुङप्रति श्रद्धाञ्जली अर्पण गरी परिवारजनमा समवेदना पत्र बुझाएका थिए ।
धनकुटा नगरपालिका वडा नं. ६ को तर्फबाट वडाध्यक्ष मिलन खड्गी र वडा सदस्यहरु रेजिना हिङमाङ, पुरुषोत्तम अर्याल लगायत वडासचिव वडाका कर्मचारीहरुले र शुलभ बचत तथा ऋण सहकारी सस्था लिं. सिधुवा बजारको तर्फबाट अध्यक्ष मेघेन्द्र गुरुङ, उपाध्यक्ष नविन श्रेष्ठ लगायतका पदाधिकारी तथा सदस्यहरुले समेत श्रद्धाञ्जली अर्पण गर्दै तितुङ परिवारजनमा समवेदना पत्र बुझाएका थिए ।
७७ बर्षको उमेरमा निधन भएका स्वर्गीय तितुङको एक श्रीमती बसन्ती तितुङ, छोराहरू धनकुटा उद्योग बाणिज्य संघका सदस्यहरू ओम प्रकाश तितुङ, बालकृष्ण तितुङ, छोरी धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ(तारा), बुहारीहरू खड्ग माया राई र समी राई धनकुटा उद्योग बाणिज्य संघका सदस्यहरु र नातीनातीनिहरू छन् । तितुङ गतपौष ५ गते असामायिक निधन भएको थियो ।









