images
images

राम माध्यमिक विद्यालयले मनायो स्वर्ण महोत्सव (फोटो फिचरसहित)

धनकुटा । साँगुरीगढी गाउँपालिका वडा नं. ४ लेउतीटारमा रहेको राम माध्यमिक विद्यालयले विविध कार्यक्रमको आयोजना गरि स्वर्ण महोत्सव मनाएको छ ।

विद्यालय स्थापना भएको ५० पुग्न लागेको अवसरमा तीन दिनसम्म खेलकुद, साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाएको हो । स्वर्ण महोत्सवको अन्तिम दिन वार्षिक उत्सव विशेष समारोहको आयोजना गरिएको थियो । विशेष समारोहको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले पानसमा वत्ति वालेर गरेका थिए । कार्यक्रमलाई सम्वोधन गदै अध्यक्ष राईले विद्यालय स्थापना हुँदाका संस्थापकहरुलाई सम्झिदै ५० वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गरेका थिए । विद्यालयको भौतिक संरचना लेउती खोलाको किनारमा भएको हुँदा बाढीको जोखिम रहेकाले प्रदेश सरकारको समन्वयमा तटवन्ध निर्माण गरिएको बताए । गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर शैक्षिक सुधारका लागि लगानी गरेको भन्दै उनले लगानीअनुसार प्रतिफल दिन आग्रह गरे ।

कार्यक्रममा प्रदेश शिक्षा निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोख्रेल, शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाका प्रमुख मोहन राई, साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्य, २ नं. वडाध्यक्ष योगेन्द्र इवाहाङ, ४ नं. वडाध्यक्ष जीवन लिम्बू लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अभिभावकहरुले लिम्वु जातिको केलाङ नाच र विद्यार्थीहरुले विभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्ने दाता, अक्षयकोष दाताहरुलाई सम्मान गरिएको थियो । स्थानीय सहयोगीदाताहरुबाट ४ लाख रुपैया भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको कार्यक्रममा जानकारी दिइयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मातृका प्रसाद लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममास्वागत मन्तव्य विद्यालयका सूचना अधिकारी समेत रहेका शिक्षक गुरु लिम्बू, विद्यालयको प्रतिवेदन प्रधानाध्यापक कुलप्रसाद दाहालले प्रस्तुत गरेका थिए ।

 

 

images
images
हुलाकी पत्र
images
SKIP THIS