धनकुटा । पन्ध्रौं जिल्ला स्तरीय तथा सातौं साँगुरीगढी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डाँडाबजारको भानु माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा १८ स्वर्ण र ५ रजत सहित कुल २३ पदक जित्दै भानु माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको हो । त्यस्तै लक्ष्मी माध्यमिक विद्यालय खुडीले ६ स्वर्ण र ८ रजत जित्दै दोस्रो स्थाना प्राप्त ग¥यो । वुढिमोरङको रामनवमी माध्यमिक विद्यालयले ३ स्वर्ण र १० रजत पदक जित्दै प्रतियोगितामा तेस्रो स्थान प्राप्त गर्न सफल भयो । जलकन्या माध्यमिक विद्यालयले चौथो स्थान हासिल ग¥यो । प्रतियोगितामा जलकन्याले ३ स्वर्ण र १ रजत पदक जितेको थियो । ग्रामीण जनता माध्यमिक विद्यालयले ४ रजत जित्दै पाँचौ, राम माध्यमिक विद्यालय लेउतीटार र सिद्देश्वरी आधारभूत विद्यालयले समान १/१ रजत जित्दै छैटौं स्थान हासिल गरे । प्रतियोगितामा सहभागी अन्य ६ वटा विद्यालयले कुनै पदक जित्न सकेनन् ।
प्रतियोगिताका विजेता खेलाडीहरुलाई प्रमुख अतिथि साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले पुरस्कार वितरण गरेका थिए । साँगुरीगढी गाउँपालिका प्रायोजक रहेको प्रतियोगिताको आयोजना लक्ष्मी माध्यमिक विद्यालय खुडीले गरेको थियो । प्रतियोगिता पुस १९ र २० गते गरी दुई दिनसम्म साँगुरीगढी गाउँपालिका वडा नं. ८ खुडीमा संचालन भएको थियो ।











