images
images

वसन्तपञ्चमीको अवसर पारेर जितपुरमा भलिबल प्रतियोगिता हुँदै

धनकुटा । वसन्त पञ्चमीको अवसरमा महालक्ष्मी नगरपालिका वडा नं. ७ जितपुर बजारमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । महालक्ष्मी कप खेलकुद समितिको आयोजनामा आगामी माघ १८ देखि २१ गतेसम्म प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता स्थानीय जनता माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ ।

प्रतियोगितामा राष्ट्रिय र स्थानीय गरि आठ टिमको सहभागिता रहने आयोजक संस्थाका सल्लाहकार गौरव कार्कीले बताए । विजेता टोलीले नगद २ लाख २ हजार २ सय २२ सहित ट्रफी प्राप्त गर्नेछ । त्यस्तै उपविजेता हुने टोलीले १ लाख ११ एघार हजार ११ सय ११ रुपैयाँ र ट्रफी प्राप्त गर्ने आयोजक महालक्ष्मी कप खेलकुद समितिका अध्यक्ष नरेन तुम्साले बताए । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिता सञ्चालनको लागि करिव १० लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । विशेष सहयोगीको रुपमा महालक्ष्मी नगरपालिका, सहयोगीको रुपमा महालक्ष्मी नगरपालिका ७ नं. वडा कार्यलयको रहेको छ । स्थानीय तह मात्र नभई जिल्लाकै भलिबल तर्फको खेलकुद गतिविधि बढाउन तथा स्थानीय खेलाडीको मनोबल बढाउन प्रतियोगितालाई सहयोग महालक्ष्मी नगरपालिकाका नगर प्रमुख धुव्रराज रायले बताए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS