
धनकुटा । संविधानसभा सदस्य, पूर्वमन्त्री तथा महामहिम राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाको प्रमुख आतिथ्यमामा धनकुटा लेडि जेसिजको छैठौं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
सो अवसरमा पूर्वमन्त्री थापाले धनकुटामा लेडी जेसिजले उदाहरणीय कार्य गर्दै आइरहेकाले सूर्य बहादुर फाउण्डेसनले सहयोग गर्ने वताए । उनले जेसिज मार्फत समाजमा रूपान्तरण गर्न सकिने बताए । नेपाल जेसिजका राष्ट्रिय कार्यकारी उपाध्यक्ष गणेश सापकोटाले धनकुटा लेडी जेसिजलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनालले धनकुटा लेडि जेसिजसँग धनकुटा नगरपालिकाले सहकार्य गरेर अगाडि बढ्ने बताइन् । प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जेसिज समाज र राज्यका लागी उदाहरणीय बन्दै गएको बताए । धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोषी राईले जेसिज व्यक्तित्व, नेतृत्व र व्यवसायिक विकासका लागी युवाहरुको विश्व विद्यालय भएको बताए ।
सो अवसरमा एनआरएन एसिया क्षेत्रका अध्यक्ष हरि भट्टराई, चौबिसे गाउँपालिका पूर्वउपाध्यक्ष यज्ञकुमारी रुचाल, धनकुटा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, मानव अधिकार महिला रक्षक सञ्जाल धनकुटाका अध्यक्ष सुमना तिम्सिना लगायतले शुभ कामना तथा बधाई ज्ञापन गरेका थिए ।
धनकुटा लेडी जेसिज २०२४ का अध्यक्ष मुना पोखरेलले २०२५ का लागी निर्वाचित भएकी नवनिर्वाचित अध्यक्ष सरस्वती राईलाई पद हस्तान्तरण गरेकी थिइन् । सो अवसरमा धनकुटा लेडी जेसिजका संस्थापक अध्यक्ष प्रमिसा थापा श्रेष्ठ, विशिका श्रेष्ठ, बिपना प्रधान, मेनुका बस्नेतले समेत बधाई तथा शुभ कामना व्यक्त गरेका थिए । पहिलो सत्रको कार्यक्रम २०२४ का महासचिव शोभा श्रेष्ठले र दोस्रो चरणको कार्यक्रम २०२५ का महासचिव टिका राईले संचालन गरेका थिए । सो अवसरमा उत्कृष्ट कार्य गरेकोमा जेसी लक्ष्मी परियारलाई पुरस्कार प्रदान गरिएको थियो भने धनकुटा ७ का समाजसेवी रेजिना पालिखेलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
धनकुटा लेडी जेसिज २०२५ का लागी अध्यक्ष सरस्वती राई, आइ.पि पिमा मुना पोखरेल, कार्यकारी उपाध्यक्ष शोमा राई, बिनु जोशी, महासचिव टिका राई, जि एलसिमा सुस्मिता श्रेष्ठ, कोषाध्यक्ष ग्रस्ता श्रेष्ठ, उपाध्यक्षहरु तुलसा पौडेल, लक्ष्मी परियार, दिपिका भटराई, अञ्जना राई, सचिव रिता पाण्डे, तालिम संयोजक जमुना दाहाल, खेलकुद संयोजक योजना अधिकारी, कार्यक्रम संयोजक संघिया श्रेष्ठ, बजेज संयोजक सकुन न्यौपानेलाई निर्वाचित तथा मनोनित भएका थिए । धनकुटा लेडी जेसिजको २०२५ को लागी प्रथम पुरुषमा समाजसेवी तथा निर्माण व्यावसायी संघ धनकुटाका अध्यक्ष प्रकाश राई र बर्ष २०२४ को प्रथम पुरुष महेश पराजुली रहेका थिए ।
धनकुटा लेडी जेसिज २०२४ का अध्यक्ष मुना पोखरेल, २०२५ का लागी निर्वाचित अध्यक्ष सरस्वती राई, संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठले प्रमुख अथिति पूर्वमन्त्री सुनिलबहादुर थापा लगायत विशिष्ट अथिति तथा अन्य अथितिहरुलाई मायाको चिनो तथा पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी निरिक्षक श्यामसिंह चौधरी, सशस्त्र प्रहरी बल छिन्ताङ ६ नम्वर गुल्मका प्रमुख प्रहरी नायव निरिक्षक मदननाथ, राष्ट्रिय अनुसन्धान धनकुटाका प्रमुख रुद्र गुर्वाछाने, गोकुण्डेश्वर बालमिन्दर माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर मिश्र, नागरिक समाजका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ, अन्तरपाटी महिला सञ्जालका अध्यक्ष अम्विका धमला, वेष्टका अध्यक्ष संगिता चापागाईं, सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष निलबहादुर थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राई, निर्माण व्यवसायी संघ धनकुटाका कोषाध्यक्ष रमेश वस्नेत, ओम शान्ति धनकुटाका प्रमुख निर्मला, समाजसेवी मिनबहादुर कार्की, गंगाराम ढुंगाना, असितनारायण सिंह थापा, नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष रविन कटेल लगायतले समेत बधाई तथा सफल कार्यकालको लागी शुभकामना दिएका थिए ।