images
images

फोनिज धनकुटाद्वारा वरिष्ठ पत्रकारसहित क्रियाशील पत्रकार सम्मानित तथा पुरस्कृत

धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाले वरिष्ठ पत्रकार सहित तीन जना पत्रकारलाई सम्मान र पुरस्कृत गरेको छ । फोनिज धनकुटाले नेपाल पत्रकार महासंंघ धनकुटाका पूर्वअध्यक्ष तथा फोनिज प्रदेश कार्य समितिका निवर्तमान सल्लाहकार संयोजक फोनिज धनकुटाका निर्वाचन समितिका संयोजक विजय सन्तोषी राई, फोनिज धनकुटाका सल्लाहकारहरू तथा निर्वाचन समितिका सदस्य राजेश्वरबहादुर श्रेष्ठ, सल्लाहकार तथा निर्वाचत समितिका सदस्य तिलविक्रम चेम्जोङलाई सम्मान टोपी तथा खादा लगाई दिएर सम्मान पत्र प्रदान गरी सम्मान गरेको छ ।

यसैगरी फोनिज धनकुटाले क्रियाशील पत्रकार तथा फोनिजकर्मी रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र धनकुटाका राई वान्तवा भाषाका समाचारबाचक टिएल राईलाई नगद पुरस्कार पाँच हजार पाँच सय रुपैया प्रदान गरी टोपी तथा खादा लगाएर पुरस्कृत गरेको छ । सम्मानित तथा पुरस्कृत हुने वरिष्ठ तथा क्रियाशील पत्रकारहरुलाई फोनिजका केन्द्रिय सदस्य विदुर खवास, फोनिज प्रदेश समितिका निवर्तमान अध्यक्ष सन्तीवर लामा, फोनिजका पूर्वकेन्द्रिय सल्लाहकार सञ्जय सन्तोषी राई, फोनिजका धनकुटा अध्यक्ष मानवी मोक्तानले टोपी तथा खादा लगाई दिएर सम्मान तथा र पुरस्कुत हुनेलाई नगद पुरस्कार समेत प्रदान गरेका थिए ।

फोनिज धनकुटाले नेपाल पत्रकार महासंघ धनकुटाका नवनिर्वाचित अध्यक्ष विदर खवास, सहसचिव इश्वर थापा, विश्वराज श्रेष्ठ, कोषाध्यक्ष नारायण कुमार राई लगायतलाई अध्यक्ष मानवी मोक्तानले खादा माला लगाई दिएर बधाई ज्ञापन गदै सफल कार्यकालको लागी शुभ कामना व्यक्त गरेकी थिइन् ।

फोनिज प्रदेश कार्य समितिमा धनकुटा जिल्लाबाट प्रदेश कार्य समितिको अनुशासन समितिको संयोजकमा ब्रह्मलाल हजारी, कार्य समिति सदस्यमा अजय सन्तोषी राई निर्वाचित भएकोमा सोही अवसरमा बधाई समेत ज्ञापन गरिएको थियो । सो अवसरमा फोनिज धनकुटाका निर्वाचन समितिका संयोजक विजयसन्तोषी राईले फोनिज धनकुटाको हालै सम्पन्न निर्वाचनमा निर्वाचित भएका अध्यक्ष मानवी मोक्तान, उपाध्यक्ष विश्वराज श्रेष्ठ, सचिव डेविट मगर, सहसचिव जानु तामाङ, कोषाध्यक्ष सष्टिका राई, सदस्यहरू राजकुमार राई, गौरवनारायण राई, चाँदनी राई, सफल राई लगायतलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको थियो ।

images
images
हुलाकी पत्र
images
SKIP THIS