images
images

राजन कोइरालाको अध्यक्षतामा नेपाल किसान महासंघ वडा समिति गठन

धनकुटा । नेपाल किसान महासंघ वडा नं. १ को वडा अधिवेशनबाट राजन कोइरालालाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको छ । सोही अवसरमा धनकुटा नगरपालिका वडा नं. १ हिलेमा नेपाली काग्रेस वडा कार्यालयमा पार्टीको बोर्ड राख्ने र झन्डोत्तोलन कार्यक्रम समेत गरिएको थियो ।

सो अधिवेशनले धनकुटा नगरपालिका वडा नं. १ का नेपाल किसान महासंघ वडा नं. १ को उपाध्यक्षद्वयमा प्रेम कार्की, पूर्णसिंह तामाङ, सचिव नगेन्द्र बुढाथोकी र सदस्यहरूमा आशा विक, यसोदा आले, बिक्रम तितुङ, तोर्ण घिमिरे, चोलेन्द्र ठकुरी र रंजना विकलाई निर्वाचित गरेको छ ।

नेपाली कांग्रेस वडा नं. १ का वडा सभापति वीरबहादुर तितुङको संयोजनमा सम्पन्न वडा अधिवेशनको उद्घाटन नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई र नेपाल किसान महासंघ धनकुटाका जिल्ला अध्यक्ष दिल कुमार राईले संयुक्त रूपमा गर्दै अव मुलुकलाई कृषिबाट मात्र समृद्धि बनाउन सकिने भएकाले यस अभियानको नेतृत्व किसान महासंघले गर्ने वताए

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सहसचिव श्रीराम रायमाझी, कोषाध्यक्ष सरस्वती मगर, नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिका उपसभापति तथा नेपाल तरुण दल धनकुटाका अध्यक्ष अमित लो तामाङ, सदस्य याम वस्नेत, नेपाल भूतपूर्व संैनिक संघ धनकुटाका जिल्ला सचिव लोकबहादुर मादेन, नेपाली कांग्रेस धनकुटा नगरका १ नं. वडा उपसभापति नरहरि तामाङ, सचिव फुर्वा तामाङ, नेपाल महिला संघका वडा अध्यक्ष अन्जु तामाङ श्रेष्ठ, पूर्ववडा सभापति प्रेम कार्की, सदस्यहरू सन्तोष घिमिरे, इन्द्र बुढाथोकी, भुपेन तामाङ, अम्वर खपाङ्गी, खड्गवहादुर थापा लगायतले किसानहरूको हक अधिकारका साथै किसानहरूलाई उचित मलबीउको व्यवस्था गर्नु पर्नेमा जोड दिए ।

यसैगरी नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, सहसचिव श्रीराम रायमाझी, कोषाध्यक्ष सरस्वती मगर, धनकुटा नगर कार्यसमिति उपसभापति अमित लो तामाङ, वडा नं. १ का सभापति वीरबहादुर तितुङ तामाङ, उपसभापति हरिलाल तामाङ, सचिव फुर्वा तामाङ, पूर्ववडा सभापति प्रेम कार्की लगायतले कांग्रेस वडा कार्यालयमा पाटीको साइनबोर्ड र झण्डा राखेका थिए ।

 

images
images
हुलाकी पत्र
images
SKIP THIS