images
images

सहिद भीमनारायण श्रेष्ठको परिवारलाई सम्मान

धनकुटा । सहिद भीम नारायण श्रेष्ठको ४६ औ स्मृति दिवसको अवसरमा सहिद भीम नारायण श्रेष्ठको परिवारलाई सम्मान गरिएको छ ।नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले सहिद भीम नारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मी देवी श्रेष्ठ, जेठा छोरा मनोजनारायण श्रेष्ठ र जेठी छोरी ममता श्रेष्ठलाई गरेका थिए । सो अवसरमा सहिद भीम नारायण श्रेष्ठको परिवारजनले सहिदहरूको देखाएको बाटोमा हिँडे साँचो अर्थमा सहिदहरूप्रति सम्मान हुने बताए ।

सहिद भीमनारायण श्रेष्ठका कान्छा छोरा नेपाली कांग्रेसका नेता संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ काठमाडौंमा र कान्छी छोरी बबिता श्रेष्ठ अहिले धनकुटा वाहिर भएकाले सम्मान गर्न नसकिएको धनकुटा सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए । सहिद भीमनारायण श्रेष्ठको परिवारजनलाई सम्मान गरिएको सो समारोहमा सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, धनकुटा सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ र नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतको सहभागिता रहेको थियो ।

वि.सं. १९९४ साल असार २४ गते धनकुटामा जन्मिएका सहिद भीमनारायण श्रेष्ठलाई २०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालीन राजा विरेन्द्र र उनका परिवार सवारी हुँदा बम प्रहार गरेको अभियोगमा पक्राउ गरी लामो समयसम्म जेलमा कठोर यातना दिई जेलबाट लगेर २०३५ साल माघ २६ गते कोशी टप्पुमा तत्कालीन् सरकारले गोली हानी मृत्यु दण्ड दिएको थियो । प्रजातन्त्रको योद्धा भीमनारायण श्रेष्ठलाई २०७२ सालमा सरकारले राष्ट्रिय सहिद घोषणा गरेको थियो । सहिद भीमनारायण श्रेष्ठले आफूलाई मृत्यु दण्ड दिनका लागी जेलबाट निकाल्दै गरको समयमा उनले अन्तिम वाक्यान्स साथीहरूलाई–‘जीवन रहे भेट हुन्छ । मिलेर संर्घष गरिन्छ । नरहे हाम्रो भेट यति हो । बाँचेकाले क्रान्ति गर्नु मेरो यही खवर सुनाई दिनु’ भनेका थिए ।

images
images
हुलाकी पत्र
images
SKIP THIS