धनकुटा । चौविसे गाउँपालिका राजारानीमा रहेको पुण्य माविको ७१ औं वार्षिकोत्सब समारोह भव्य रुपमा विविध कार्यक्रम सहित सम्पन्न भएको छ । चौविसे गाउँ पालिका उपाध्यक्ष टंकमाया पाङ्मी मगरको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर बाँनियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जनप्रतिनिधिहरु, अभिभावकहरु, दाताहरु, छात्रवृत्ति कोष संस्थापकहरुको उल्लेख उपस्थिति रहेको थियो । विद्यालयका प्रधानाध्यापक युवराज कटुवालले यस वर्ष सम्पन्न भएका महत्त्वपूर्ण शैक्षिक, भौतिक र आर्थिक क्रियाकलापका साथमा आगामी वर्षका लागि तय गरिएका क्रियाकलाप समेत समेटिएको विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै विभिन्न दाताहरुद्वारा स्थापित अक्षयकोष अन्तर्गतका स्व. टीका प्रसाद एवं गोरीमाया लिम्बू स्मृति छात्रवृत्ति कक्षा १२ का आयुस लिम्बू र कक्षा १२ कै छात्रा किर्तिकला राना मगरलाई प्रमाणपत्र सहित जनही १५ हजार का दरले, स्व. हाङ्खिम श्याम कुमारी राई स्मृति छात्रवृत्ति कक्षा ११ का छात्र मुक्साम चेम्जोङ लिम्बूलाई प्रमाणपत्र सहित रु १० हजार, स्व. भद्रसिं लिम्बू स्मृति छात्रवृत्ति कक्षा ९ का छात्र म्यारोन थापालाई प्रमाणपत्र सहित ५ हजार प्रदान गरिएको थियो ।
यसैगरी यस वर्ष देखि वर्ष भरीमा उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षकको सम्मानमा वर्ष शिक्षक(Teacher of the Year) घोषणा गर्न सुरु गरिएको छ । यस वर्ष उत्कृष्ट शिक्षण कौशल, नियमितता, सिर्जनात्मकता, विद्यार्थीलाई उत्प्रेरित गर्ने क्षमताका आधारमा माध्यमिक तह अङ्ग्रेजी विषयका शिक्षक बद्री बजगाईंलाई वर्ष शिक्षक घोषणा गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिको बैठकले तय गरेको मापदण्डका आधारमा कक्षा ५, ८, १० र १२ का स्तरीकृत वार्षिक परीक्षामा ९० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन सफल शिक्षकहरु अनुल लिम्बू, सामाजिक (कक्षा १२), संगीता याखा (कक्षा १२ ऐ. नेपाली र कक्षा १० नेपाली, अरविन्द चौधरी ( कक्षा१२ जीवशास्त्र), बद्री बजगाईं (कक्षा१० अङ्ग्रेजी ), धनकुमारी राई ( कक्षा १० शिक्षा र कक्षा ८ नेपाली ), अञ्जना घिमिरे ( कक्षा१० लेखा), विमल चेम्जोङ ( कक्षा ८ स्वास्थ्य, शारीरिक र सि. क.) सम्मान गरिएको थियो ।
सोही अवसरमा आफ्ना स्वर्गीय बुबा नीर बहादुर लिम्बू र आमा स्वर्गीय कृष्ण कुमारी लिम्बूको स्मृतिमा छोरा पदम बहादुर लिम्बू र बुहारी कुमारी लिम्बूले रु एक लाख राशिको छात्रवृत्ति अक्षय कोष स्थापनाको घोषणा गरेका छन् । स्तरीकृत परीक्षामा ३.६ भन्दा बढी GPA ल्याउने निम्नानुसारका विद्यार्थी सविना लिम्बू , कक्षा १२, GPA ३.६५ २. नाङ्गजङ चेम्जोङ लिम्बू SEE, GPA ३.७ ३.म्यारोन थापा कक्षा ८, GPA ३.७८ ४.मिसन राई कक्षा ५, GPA ३.६२ पुरस्कृत गरियो । विद्यालयका पूर्वशिक्षक फत्ते बहादुर राइले रु १ देखि १ करोड अभियानका लागि तेईस हजार पाँच सय पाँच रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरे । विद्यालयमा आजकै मितिबाट लागू हुने गरी सरुवा भएर आएका निम्नमाध्यमिक तह विज्ञान विषय शिक्षक वोधराज कुवंरलाई विद्यालयको तर्फबाट स्वागत गरिएको छ । कार्यक्रममा विभिन्न प्रतियोगीतामा विजयी हुने छात्र छात्राहरु पुरस्कार वितरण गरिएको थियो ।









