images
images

साँगुरीगढीका ७ सय ५९ जना किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाए

धनकुटा । पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि संचालन गरिएको खोप अभियान अन्र्तगत साँगुरीगढी गाउँपालिकाका ७ सय ५९ जना किशोरीले खोप लगाएका छन् ।

साँगुरीगढी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाको सभाहलमा आयोजित एचपीभी खोपको प्रगति समिक्षा कार्यक्रममा मापदण्ड अनुसार खोप लगाउन योग्य ७ सय ५९ जना किशोरीहरूले एचपीभी खोप लगाएका हुन् । स्वास्थ्य शाखाका फोकल पर्सन वावुराम थापाका अनुसार लक्ष्य अनुसार शतप्रतिशत प्रगति भएको हो । खोप अभियानमा विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र गरी २८ जना खोप केन्द्र तोकिएको थियो । उक्त खोप केन्द्रका लागि २८ जना स्वास्थ्यकर्मी र ५६ जना स्वयंसेवक खटिएका थिए । खोप अभियान पूर्ण रुपमा सफल भएकोमा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई र उपाध्यक्ष मुना राईले स्वास्थ्यकर्मी, स्वयंसेवक लगायतलाई धन्यवाद व्यक्त गरेका थिए ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २०१८ मा मात्र ५ लाख ७० हजार महिलामा पाठेघरको मुखको क्यान्सर भएको देखिएको थियो । जसमध्ये ३ लाख १० हजार महिलाको यसै कारणले मृत्यु भएको पाइएको थियो ।

नेपालमा गरिएको विभिन्न अध्ययनहरूले नेपालमा क्यान्सर रोगको दर र जोखिम दिनानुदिन बढ्दै गएको देखाउँछ । त्यसमा पनि महिलाहरूमा हुने विभिन्न क्यान्सरहरू मध्ये पाठेघरको मुख्यको क्यान्सर सबैभन्दा धेरै हुने पाइएको छ ।

 

images
images
हुलाकी पत्र
images
SKIP THIS