
धनकुटा । धनकुटा नगरपालिका वडा नं. ६ स्थित सिरान बजारमा रहेको गोकुण्डेश्वर माध्यमिक विद्यालयले ९२ औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा आयोजना गरेको आन्तरिक विद्यालयको विभिन्न खेलकुद प्रतियोगितामा प्रमुख अतिथि धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष तथा गोकुण्डेश्वर मावि एल्मुनाई एशोसिएसनका वरिष्ठ उपाध्यक्ष विजय सन्तोषी राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गी, धनकुटा भलिबल संघका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डे लगायतले विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईं र मुख्य रेफ्री यम पौडेललाई बल हस्तान्तरण गरी खेलकुद कार्यक्रमको एक समारोहका बिच उद्घाटन गरेका थिए ।
सो अवसरमा प्रमुम अतिथि धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले खेलकुदको माध्यमबाट विश्वसामु नेपाललाई चिनाउन सकिने र व्यवसायी खेलकुदबाट खेलाडीहरूले राम्रोसँग जीवनयापन गर्न सक्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम खड्गीको अध्यक्षतामा सम्पन्न खेलकुद कार्यक्रमको उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंले खेलकुद प्रतियोगिताको बारेमा जानकारी दिएका थिए । कार्यक्रमको संचालन शिक्षक भक्त खड्काले गरेका थिए ।
सो अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सापकोटा, प्रावि शिक्षक इञ्चार्ज मछिन्द्र राई, उच्च माविका शिक्षकहरू हिमसागर कार्की, यम पौडेल, खेलकुद शिक्षक भोला भट्टराई, शिक्षकहरू विश्वराज गौतम, खगेन्द्र श्रेष्ठ, पूर्वशिक्षक उद्धवमणी राई लगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । भलिबल प्रतियोगितामा प्रथम कविराम पौडेल, नविन पौडेल प्रविन कार्की, प्रताव बराइली, लोकबहादुर खड्का, शितल लिम्बु र अच्चल राईको टिम र दोस्रो सवनम खपाङी, राजु श्रेष्ठ, धड्कन राई, रिजन लिम्बु, लिलामणि दाहाल, प्रशान्त राई र प्रविन राईको टिम भए ।
यसैगरी महिला भलिबल तर्फ प्रथम हेमलता राई, सकिना लिम्बु, प्रियंंका लिम्बु, रीता कुलुङ, सरस्वती कटुवाल, नेहा राईको टिम र दोस्रो सावित्रा राई, करुणा राई, मनिषा राई, पवित्रा थापा, सरु मगर, सम्झना पौडेल र अंशु मगरको टिम भए । यसैगरी फुटबल खेलतर्फ प्रथम विज्ञान समुह र दोस्रो शिक्षा समुह भएका छन् भने फुटबलकै जुनियर तर्फ प्रथम रेडहाउस र दोस्रो ब्लु हाउस भएका छन् ।
यसैगरी १०० मिटर दौड प्रतियोगिता अन्तर्गत आधारभूत तह छात्र तर्फ प्रथम किरण महरा, दोस्रो निर्मल श्रेष्ठ, तेस्रो हरि घतानी र छात्रा तर्फ सन्जु परियार प्रथम, सीता लकान्द्री दोस्रो र तपश्या विशंखे तेस्रो भए । मावि छात्रतर्फ कविराम पौडेल प्रथम, नविन पौडेल दोस्रो, जीवन खड्का तेस्रो भएका छन् । छात्रा तर्फ तिर्सना राई प्रथम, कुञ्जना डंगोल दोस्रो र बिनु मगर तेस्रो भएको खेल शिक्षक भोला भट्टराईले बताए ।
यसैगरी २०० मिटर दौडमा छात्रा तर्फ माध्यमिक तर्फ तिर्सना राई प्रथम, बिनु मगर दोस्रो र कुञ्जना डंगोल तेस्रो भएका छन्, भने छात्रतर्फ प्रविन राई प्रथम, दिवस कार्की दोस्रो र निरोज विष्ट तेस्रो भएको शिक्षक यम पौडेलले बताए ।
विभिन्न खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई माघ ३० गते विद्यालयमा बार्षिकोत्सव कार्यक्रममा पुरस्कार तथा प्रमाण वितरण गरिने विद्यालयका प्रधानाध्यापक यज्ञप्रकाश चापागाईंले बताए ।