images
images

विश्रान्ति मन्दिरमा शिव महापुराण सुरु 

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ९ मुलघाटस्थित विश्रान्ति मन्दिरमा शिव महापुराण सुरु भएको छ । विश्रान्ति मन्दिर व्यवस्थापन समितिको आयोजनामा शिव महापुराण सुरु भएको हो ।

शिव महापुराणको उद्‌घाटन एक कार्यक्रमका बीच जगतगुरु अनन्त बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीले गरे । सोमबारबाट कथावाचन सुरु भएको छ । आगामी १५ गतेसम्म धर्मको रक्षा गर्दै मन्दिरको विकासका लागि शिव पुराण ज्ञान महायज्ञ हुने आयोजकले जनाएको छ । फागुन महिना शिवरात्रि पर्ने हुनाले शिवको महिमालाई उजागर गर्नका लागि शिव पुराण ज्ञान महायज्ञ गर्न लागेको आयोजक समितिका महासचिव जनार्दन घिमिरेले बताए ।

वैदिक सनातन धर्म र संस्कृतिको रक्षार्थ समस्त पितृ उद्धार, राष्ट्र कल्याण, वृदाश्रमलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न ज्ञान महायज्ञ गर्न लागिएको बताइएको छ । ‘सक्नेले एक मन, नसक्नेले एक झोला, त्यो पनि नसक्नेले एक गोजी र त्यो पनि नसक्नेले एक मुठी वा एक दाना सहयोग’ भन्ने अभियानका साथ महायज्ञ हुन लागेको आयोजकले जनाएको छ । ११ दिनसम्म चल्ने शिवपुराण ज्ञान महायज्ञमा पण्डित प्राध्यापक आचार्य दीपक पराजुली प्रमुख वाचक र आचार्य पण्डित सोमनाथ कोइरालाबाट पाठ परायण हुनेछ ।

शिव पुराणका लागि समितिले आइतबार बिहान धनकुटा बजारमा कलश यात्रा समेत गरेको थियो । धनकुटा नगरपालिका वडा नं. ७ स्थित नवर्देश्वर महादेव मन्दिरबाट सुरु भएको यात्रा धनकुटा बजारका विभिन्न ठाउँ परिक्रमा गरेको थियो ।

images
images
हुलाकी पत्र
images
SKIP THIS